कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ९ गते)
साउन ९ गते २ हजार ३ सय ९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ७९ हजार १७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन ९ गते परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार ६ सय २५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ४१ हजार ५ सय ६५ जना निको भएका छन् । साउन ९ गते २ हजार १ सय ९७ जना निको भएका छन् भने निको हुनेको दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन ९ गतेसम्म ९ हजार ६ सय ९५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन ९ गते १६ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ७ सय ५७ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, नवलपरासी पूर्व, कास्की र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार गुल्मीमा ०७७ फागुन तेस्रो साता कोभिशिल्डको पहिलो डोज लगाएका १७ हजार ९ सय १ जना ६५ वर्ष माथिका ज्येष्ठ नागरिक दोस्रो डोजबाट वञ्चित भएका छन् । जिल्लामा कोभिशिल्ड र भेरासिल गरेर दुई ओटा खोप अभियान सञ्चालन भएका छन् । कोभिडशिल्ड दोस्रो डोज भारतबाट आउन बन्द भएका कारण ज्येष्ठ नागरिक पुरा खोप लगाउनबाट वञ्चित भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो । पहिलो खोप लगाएको दुई महिनाभित्र दोस्रो खोप लगाउनुपर्ने विज्ञहरूले जनाएका छन् । तर, चार महिनासम्म ज्येष्ठ नागरिक खोपबाट वञ्चित भएका छन् । इस्मा गाउँपालिका–४ की ७५ वर्षीया धनकला अधिकारीले सरकारले ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरूद्धको पहिलो खोप मात्रै लगाएर झन जोखिम बढाएको गुनासो गर्नुभयो । उहाँले चार महिनासम्म नपाएपछि अब खोप पाउनु र लगाउनुको अर्थ नभएको बताउनु भयो । गत फागुन तेस्रो साता ६५ वर्ष माथिका ज्येष्ठ नागरिक, एम्बुलेन्स चालक पाँच जना, महिला स्वास्थ्य स्वयम्सेविका ७४ जना, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी १ सय १६ जना, स्वास्थ्यकर्मी ५० जना, वृद्धाश्रमका ज्येष्ठ नागरिक, कैदीबन्दी र फोहोर व्यावस्थापनकर्मीहरूले कोभिडशिल्डको दोस्रो डोज नपाएको स्वास्थ्य कार्यालय गुल्मीका सहजकर्ता सुजन ढकालले जानकारी दिनुभयो । पहिलो प्राथमिकतामा परेका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक, अन्य विभिन्न क्षेत्रका ५ सय १ गरेर १८ हजार ४ सय २ जनाले दोस्रो खोप लगाउन नपाएको ढकालले बताउनु भयो । पहिलो खोप लगाएको लामो समय अर्को डोज नपाएपछि निकै अन्यौल भएको पत्रकार महेश बोहोराले बताउनु भयो । ‘कसैले सही निर्णय दिँदैनन् । पहिलो खोप कोभिशिल्ड खोप लगाएँ । समयमै अर्को पाइएन ।’बोहोराले भन्नुभयो । कोभिशिल्डकै प्रतिक्षा गर्ने वा दुवै डोज भेरोसिल लगाउने भन्ने अन्यौलमा परेको उहाँहरूको भनाइ छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार जिल्लामा खोप लगाउने १ लाख ४७ हजार १ सय ५५ जना १८ वर्ष माथिका नागरिक छन् । अहिलेसम्म ४३ हजार ३ सय १८ जनाले खोप लगाएका छन् भने अझै १ लाख ३ हजार ८ सय ३७ जना खोप लगाउन बाँकी रहेका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…
बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी
४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ५४ वर्षीय नातेदार विरूद्ध असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले असार १६ गते खेतमा काम…
घरेलु हिंसा पीडित घाइते महिलाको इन्सेकको पहलमा उद्धार
घरेलु हिंसा पीडित गंगाजमुना गाउँपालिका-६ बसेरीकी ३१ वर्षीया रेखा मुक्तान खत्रीको ०७९ असार १८ गते घाइते अवस्थामा इन्सेक जिल्ला प्रतिनिधिको पहलमा उद्धार गरिएको छ । पीडित रेखा पति ३७ वर्षीय…
गाउँपालिकाले समयमै सामाजिक सुरक्षा भत्ता नदिएको ज्येष्ठ नागरिकको गुनासो
सिमकोट गाउँपालिकाबाट समयमै सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । ०७८ साउनदेखि सिमकोट गाउँपालिकाले समयमै ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता आफुहरूलाई वितरण नगरेको सिमकोट गाउँपालिका–३ का ७८…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १८ गते)
असार १८ गते ३३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…