कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ५ गते)
साउन ५ गते २ हजार २ सय २ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ७० हजार ९ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन ५ गते परीक्षण गरिएकामध्ये २५ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार ८ सय ३६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ३४ हजार ९ सय २७ जना निको भएका छन् । साउन ५ गते १ हजार ५ सय ९५ जना निको भएका छन् भने निको हुनेको दर ९४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन ५ गतेसम्म ९ हजार ६ सय ७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन ५ गते २५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ४ सय १९ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, नवलपरासी पूर्व, रुपन्देही, सुर्खेत र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार जिल्ला प्रशासन कार्यालय बागलुङले निषेध आदेश खुकुलो बनाउँदै साउन १४ गतेसम्मको लागि थप गरेको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमा साउन ४ गते बसेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले साउन १४ गते राति १२ बजे सम्म लागु हुने गरी निषेध आदेश थप गरिएको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिनुभयो ।
नवलपरासी वर्दाघाट सूस्ता पूर्व प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार जिल्लामा जारी रहेको निषेध आदेश साउन २१ गतेसम्म थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (वर्दाघाट सूस्ता पूर्व) ले साउन ५ गते एक सूचना जारी गर्दै जिल्लामा जारी रहेको निषेध आदेश केही खुकुलो पार्दै थप गरिएको जनाएको हो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…