कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक १६ गते)

कात्तिक १६ गते २ हजार ८ सय २४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १३ हजार २३ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार कात्तिक १६ गतेसम्म ९ सय ६० जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । कात्तिक १६ गते थप २३ जना सङ्क्रमितको मृत्यु भएको हो । सङ्क्रमितमध्ये १ लाख ३४ हजार ८ सय ४२ जना निको भएका छन् । कात्तिक १६ गते ३ हजार ६ सय २० जना निको भएका छन् भने निको हुनेको दर ७७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ३७ हजार ७ सय ६५ जनाको उपचार भइरहेको छ । ३१ हजार ३ सय ९४ जना होम आइसोलेशनमा छन् भने २ सय ८३ जनाको उपचार आइसीयूमा र ७८ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।


अनलाइन डेस्क