कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ४ गते)
साउन ४ गते १ हजार ६ सय ४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ६८ हजार ७ सय ५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन ४ गते परीक्षण गरिएकामध्ये १६ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ८ सय ३३ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ३३ हजार ३ सय ३२ जना निको भएका छन् । साउन ४ गते १ हजार २ सय ५८ जना निको भएका छन् भने निको हुनेको दर ९४.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन ४ गतेसम्म ९ हजार ५ सय ८२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन ४ गते ३२ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ८ सय ३७ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा जारी निषेध आदेशको समय साउन १४ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको साउन ४ गतेको बैठकले निषेध आदेशको समय थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी वन्दना राईले बताउनु भएको छ । निषेध आदेशको समयमा खाद्यान्नलगायतका पसल सञ्चालन अनुमति रहेको जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेध आदेश सम्बन्धी सूचनामा उल्लेख छ ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा जारी निषेध आदेशको समय साउन १३ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको साउन ३ गतेको बैठकले निषेध आदेशको समय थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनु भएको छ । निषेध आदेशको समयमा स्वास्थ्य मापदण्डसहित जिल्ला भित्र सार्वजनिक सवारी साधन सञ्चालनका अनुमति हुने निर्णय गरिएको छ । उपभोग्य वस्तु एवम् खाद्यान्न, तरकारी र फलफुलका पसलहरू बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । सरकारी कार्यालय, बैङ्क, वित्तीय संस्थाहरू र सहकारी संस्था जनस्वास्थ्यका मापदण्ड पालना गर्दे सुचारू गर्ने बैठकले निर्णय गरेको छ ।
पाँचथर प्रतिनिधि मङ्गल बेघाका अनुसार जिल्लामा जारी निषेध आदेशको समय साउन ११ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको साउन ४ गतेको बैठकले निषेध आदेशको समय थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताउनु भएको छ । निषेध आदेशको सयमा अत्यावश्यक सेवाका पसलहरू बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनु भयो । स्थानीय प्रशासनको अनुमति लिएर मात्र लामो दूरीका सवारी साधन सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेध आदेशसम्बन्धी सूचनामा उल्लेख छ ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार कोभिड–१९ सङक्रमण बढेकोले वुद्धशान्ति गाउँपालिकाले साउन ५ गतेदेखि लागू हुने गरी एक साताका लागि गाउँपालिका सील गर्ने निर्णय गरेको छ । कोभिड–१९ को सङ्क्रमण बढेकाले गाउँपालिकाका सबै वडा सील गर्ने निर्णय साउन ४ गते गरिएको गाउँपालिका अध्यक्ष रमेश भुजेलले बताउनु भएको छ ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार निलकण्ठ नगरपालिकामा कोभिड–१९ विरुद्धको खोप चौथो चरण अन्तर्गत भेरोसिल खोप कार्यक्रम साउन २ गतेदेखि सुरु भएको छ । निलकण्ठ नगरपालिकासहित जिल्लाभर सुरु भएको खोप कार्यक्रममा ५५ वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरू, शिक्षकहरू र यसअघि प्राथमिकतामा परेर पनि खोप लगाउन छुट भएकाहरूलाई यस पटकको खोप लगाइने धादिङ स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर अधिकृत श्यामप्रसाद पोखरेलले बताउनु भएको छ । तर, कोभिडविरुद्धको खोप भेरोसिल्ड लगाउन तोकिएको उमेर समूहभन्दा कम उमेरका व्यक्तिहरूले खोप लगाएका कारण आफूहरू खोपबाट वञ्चित भएको सरकारले तोकेको खोप उमेर समूहमा पर्नु हुने धनबहादुर तामाङ्ले बताउनु भयो । निलकण्ड नगरपालिकामा तोकिएको उमेर समूहा ३ हजार ८ सय जना भेरोसिल खोप लगाउनेहरू रहेकोमा अहिलेसम्म खोप लगाउनेको सङ्ख्या १ हजार ६ सय रहेको र खोप कार्यक्रममा तोकिएको मापदण्ड बमोजिम भएको नीलकण्ठ नगरपालिका स्वास्थ्य संयोजक विष्णु रिजालले बताउनुभएको छ ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार कास्की जिल्ला प्रशासन कार्यालयले साउन २० गतेसम्मलाई निषेध आदेशको अवधि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले साउन २ गतेदेखि निषेध आदेशलाई खुलुको पार्दै लम्ब्याएका छन् । ०७८ असार ५ गते राति १२ बजेबाट लागु हुने गरी थप गरिएको निषेध आदेशमा कास्की जिल्लामा चल्ने नीजि तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाइएको छ भने लामो दुरीका सवारी साधन सम्बन्धित सङ्घसंस्थाको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी सञ्चालन गर्न पाइनेछ ।
नवलपरासी (बर्दाघाट सुस्ता पूर्व)प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिकामा कोभिड–१९ विरुद्धको खोप लगाउन लाइन बसेका शिक्षकहरु खोप नपाएपछि खोप नलगाइ फर्किएका छन् । चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा साउन ४ गते खोप लगाउन पुगेका लक्ष्मी आदर्श आधारभूत विद्यालय मध्यविन्दु–७ अम्रसाका १२ जना शिक्षक खोप नलागाइ फर्किएका हुन् । चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा साउन ३ गते मध्यविन्दु–८ र ९ का लक्षित वर्ग र साउन ४ गते मध्यविन्दु–६ को केही भाग र ७ का लक्षित वर्गलाई खोप लगाउने समय तोकिएका थियो । सोही सूचना अनुसार साउन ४ गते बिहानबाट नै खोप लगाउन लाइनमा बसेपनि खोप नपाएपछि खोप नलगाइ फर्किएको विद्यालयका शिक्षक सागर महतोले बताउनुभयो । स्वास्थ्य केन्द्रमा प्राप्त खोप अपुग भएको कारण सो समस्या भएको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख रामप्रसाद पाण्डेले बताउनुभयो । स्वास्थ्य केन्द्रमा आठ सय ५७ भायल खोप आएको र उमेर समुह अनुसारको एकिन तथ्याङ्क नगरी थोरै खोप आएको कारण समस्या भएको स्वास्थ्य केन्द्रका अध्यक्ष अमृत ज्ञवालीले बताउनुभयो ।
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार कर्णाली प्रदेशका १ लाख ५८ हजार नागरिकले कोभिड–१९ विरूद्धको खोप लगाएका छन । प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका निर्देशक डाक्टर रविन खड्काले ०७७ माघ १४ गतेदेखि असार मसान्तसम्म चार चरणमा गरी प्रदेशमा १ लाख ५८ हजार जनाले खोप लगाइसकेको बताउनु भयो । ५५ वर्ष माथि उमेर समूहका नागरिकहरूका लागि भेरोसेल र ५० देखि ५४ वर्ष उमेर समूहका लागि जोन्सन एण्ड जोन्सन खोप ल्याउने तयारी भइरहेको र खोप आउने बित्तिकै प्रदेशका नागरिकहरूलाई खोप लगाइने निर्देशक खड्काले जानकारी दिनुभयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
लोडसेडिङ्गको समय बढाएपछि एसइई परिक्षा तयारीका विद्यार्थीलाई सास्ती
सदरमुकामस्थित सिमकोट गाउँपालिकामा दैनिक १६ घण्टा विद्युत लोडसेडिङ्ग हुँदा आगामी चैत १७ गतेदेखि सुरू हुने एसइई परिक्षाको तयारी गर्दै आएका विद्यार्थीहरूले सास्ती खेपेका छन् प्रत्येक दिन सदरमुकाम सिमकोटमा लोडसेडिङ्ग हुँदै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ कदमाहा टोलका ४२ वर्षीय बच्चु भनिने शिव शंकर चौधरी माघ १८ गते गिरफ्तार भएका छन् । आफ्नै पसलमा व्यपार गरेर बसिरहेकी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–२ दुहबी टोलका ४१ वर्षीय शनिदेव चौधरीलाई माघ १६ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले दिएको उजुरी दर्ता गर्दै इलाका प्रहरी…
डाक्टरको लापर्बाहीले अस्पतालमा सुत्केरीकको मृत्यु भएको आफन्तको आरोप
मरिण गाउँपालिका-४ वाक्सिङटारकी २७ वर्षीया सीता तामाङको उपचारको क्रममा सिन्धुली अस्पतालका डाक्टरको लापर्बाहीले ०७९ माघ १८ गते मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले माघ १८ गते अस्पताल परिसरमा विरोध प्रदर्शन…
बलात्कार घटनाका कसुरदारलाई १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा लालबन्दी नगरपालिका–११ का ३२ वर्षीय विकास कापर र लालबन्दी नगरपालिका–५ का २९ वर्षीय रमन कापरलाई जिल्ला अदालत सर्लाहीले माघ १७ गते १० वर्ष कैद…