कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३ गते)

  ०७८ साउन ३ गते

साउन ३ गते १ हजार २ सय २३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ६७ हजार १ सय ९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन ३ गते परीक्षण गरिएकामध्ये १८.४५ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ६ सय २८ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ३२ हजार ७४ जना निको भएका छन् । साउन ३ गते १ हजार ६ सय ६७ जना निको भएका छन् भने निको हुनेको दर ९४.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन ३ गतेसम्म ९ हजार ५ सय ५० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन ३ गते २३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ४ सय ८५ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona_Infographics_20210718


अनलाइन डेस्क