कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ३० गते)
असार ३० गते २ हजार १० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ६० हजार ७ सय ८८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार ३० गते परीक्षण गरिएकामध्ये २५ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार ३० गते २० वर्ष मुनिका २ सय ६४ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार १ सय ८ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख २४ हजार ७ सय ११ जना निको भएका छन् । असार ३० गते १ हजार ६ सय ६ जना निको भएका छन् भने निको हुनेको दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार ३० गतेसम्म ९ हजार ४ सय ३० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार ३० गते १८ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ८ सय २२ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार जिल्लामा जारी निषेध आदेश आगामी साउन १० गतेसम्म थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले असार ३० गते सूचना जारी गरी हाल कायम रहेको निषेध आदेश साउन १० गतेसम्म लम्ब्याउनुभएको हो । यसअघि असार २९ गते बसेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले साउन १० गतेसम्म निषेध आदेश लम्ब्याउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको थियो । तनहुँमा कोभिडको जोखिम अझै कम नभएको र सक्रिय सङ्क्रमितको सङ्ख्या पनि धेरै नै भएको हुँदा निषेध आदेशलाई निरन्तरता दिनुपर्ने देखिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङद बरालले बताउनुभयो । कोभिड–१९ को जोखिमबाट बच्न भन्दै गत बैशाख २२ गतेबाट जारी भएको निषेध आदेश पटक पटक थप गर्दै पछिल्लो पटक असार ३१ गतेसम्मकोलागि लम्ब्याइएको थियो । पछिल्लो पटक थप भएको निषेध आदेश अवधि सकिने एक दिन अघि पुनः निषेध आदेश लम्ब्याइएको हो ।
बैतडी प्रतिनिधि नरी बडुका अनुसार असार ३० गते बसेको डिसीसीएमसीको बैठकले कोभिड सङ्क्रमण रोकथामका लागि जिल्लामा जारी गरिएको निषेध आदेश साउन १५ गतेसम्म निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनु भयो । कोभिड सङ्क्रमण घटदो क्रममा रहेकाले जन स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्ने गरी यो अवधिमा सबै सेवा सुचारु रहने गरी निषेध आदेशलाई सरलिकरण गरेर साउन १५ गतेसम्म कायम गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी भारतीले बताउनु भयो ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार ३० गतेसम्म १७ हजार ६१ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोभिड १९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार ३० गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ११ गते)
जेठ ११ गते चार जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय ८९…
तीन बर्षदेखि सम्पर्कमा नआएका बुवाको खोजीमा सहयोग गरिदिन छोरीको अनुरोध
रोजगारीको लागि ठेकदारसँग डोल्पा गएका सल्यानका एक व्यक्ति तीन बर्षदेखि सम्पर्कमा नआएपछि उनको खोजी कार्यमा सहयोग गरीदिन पीडित परिवारले सरोकारवालाई अनुरोध गरेको छ । डोल्पाको दुनैमा घर प्लास्टर गर्ने कामका…
यौन दुर्व्यवहार घटनाका आरोपितद्वारा आत्महत्या
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपित भिमदत्त नगरपालिका–२ महुलियाका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको पङ्खामा झुण्डिएर जेठ १० गते आत्महत्या गरेका छन् । जेठ १० गते समान किन्न…
रोल्पा कारागारमा कैदीको मृत्यु प्रकरण, मृतक सुर्खेतका शाह नभइ बाँकेका हरिजनको भएको खुलासा
रोल्पा कारगारमा जेठ ४ गते झुण्डिएको अवस्थामा मृत भेटिएका भनिएका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयविक्रम शाह नभइ बाँके जिल्ला नेपालगञ्ज उपमनपा–२ का सुन्दर हरिजन भएको खुलेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ रङ्गशालाका ५९ वर्षीय रुपनाथ ढकाललाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले खाजा खुवाउने प्रलोभन देखाएर जेठ ७…