कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २९ गते)

  ०७८ असार २९ गते

असार २९ गते १ हजार ६ सय ३९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ५८ हजार ७ सय ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार २९ गते परीक्षण गरिएकामध्ये २३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार २९ गते २० वर्ष मुनिका २ सय २ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ५८ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख २३ हजार १ सय ५ जना निको भएका छन् । असार २९ गते २ हजार ७८ जना निको भएका छन् भने निको हुनेको दर ९४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार २९ गतेसम्म ९ हजार ४ सय १२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार २९ गते १२ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ४ सय ३६ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र कास्कीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

 Corona Infographics 2078-03-29

एक वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार २९ गतेसम्म १६ हजार ९ सय ४५ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।

कोभिड १९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार २९ गते)


अनलाइन डेस्क