कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २८ गते)
असार २८ गते १ हजार ६ सय ९० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ५७ हजार १ सय ३९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार २८ गते परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार २८ गते २० वर्ष मुनिका २ सय ४० जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ६ सय ८९ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख २१ हजार २७ जना निको भएका छन् । असार २८ गते १ हजार १ सय ३३ जना निको भएका छन् भने निको हुनेको दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार २८ गतेसम्म ९ हजार ४ सय जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार २८ गते १८ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ८ सय ८७ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र कास्कीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
पाँचथर प्रतिनिधि मङ्गल वेघाका अनुसार जिल्लामा जारी निषेध आदेशको समय साउन ४ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असार २८ गतेको बैठकले निषेध आदेशको समय थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालयले असार २८ गते जारी गरेको सूचनामा निषेध आदेशका समयमा अत्यावश्यक बाहेकका सबै प्रकारका सेवा बन्द हुने उल्लेख छ ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा जारी निषेध आदेशको समय साउन ४ गते सम्मका लागि थप गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको असार २८ गतेको बैठकले साउन ४ गते सम्मका लागि निषेध आदेशको समय थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताउनु भएको छ । निषेध आदेशको समयमा सरकारी निकाय, सार्वजनिक संस्थान र बैङ्किक क्षेत्रबाट प्रवाह हुने सेवा स्वास्थ्य मापदण्डसहित प्रवाह गर्न पाइने, अत्याधिक भिडभाड हुने कार्यालयहरूले भौतिक दूरी कायम गरी सेवा प्रवाह गर्न सक्ने जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।
बैतडी प्रतिनिधि नरीदत्त बडुका अनुसार दोगडाकेदार गाउँपालिका–७ को चडेपानी गाउँमा ३५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएसँगै असार २८ गतेदेखि लागु हुने गरी साउन ३ गतेसम्मका लागि गाउँ नै सील गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताउनु भयो । साउन ३ गतेसम्म चडेपानी गाउँमा आवत–जावत बन्द गरिएको छ भने परीक्षणको दायरा पनि बढाइएको स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताउनु भयो ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार २८ गतेसम्म १६ हजार ८ सय १ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोभिड १९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार २८ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…