कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २५ गते)
असार २५ गते १ हजार ४ सय ७९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ५२ हजार ८ सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार २५ गते परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार २५ गते २० वर्ष मुनिका १ सय ५९ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ६ सय ५७ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख १६ हजार ९ सय २९ जना निको भएका छन् । असार २५ गते १ हजार ३ सय १६ जना निको भएका छन् भने निको हुनेको दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार २५ गतेसम्म ९ हजार ३ सय ४० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार २५ गते २० जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ७ सय ६५ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र कास्कीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार कोभिड–१९ को सङ्क्रमणलाई नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्यालयले नवौँ पटक एक साताको लागि निषेधाज्ञ थप गरेको छ । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले असार २५ गते जारी गरेको निषेधाज्ञ आगामी साउन १ गते गते राती १२ बजेसम्म रहने छ । नुवाकोटमा सङ्क्रमणमा कमी नआएको कारण निषेधाज्ञ थप गर्नु परेको प्रमुख जिल्ला अधिकारी दुलालले जानकारी दिनुभयो । जिल्लामा गत वैशाख २१ गतेबाट निषेधाज्ञ सुरु भएको थियो । असार २५ गतेको तथ्यांक अनुसार जिल्लामा पाँच सय दुई सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच, त्रिशुली अस्पतालले असार २५ गते एक प्रेस विज्ञप्ति जारी गरी त्रिशूली अस्पतालको पीसीआर प्रयोगशालाबाट पोजेटिभ देखिएका चार ओटा स्वावको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तर्राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाएको चार ओटा नमूना मध्ये एउटा डेल्टा प्लस भेरियन्ट भेटिएको उल्लेख गरिएको छ । अस्पतालमा मेडिकल सुपरिटेण्डेनट डा. दीपेन्द्र पाण्डले जारी गर्नु भएको विज्ञप्तिमा डेल्टा प्लस भेरियन्ट पहिलेका भेरियन्ट भन्दा ६० देखि १०० प्रतिशत भन्दा बढी सङ्क्रामक रहेको अनुषन्धानहरुबाट पुष्टि भएकोले सजग रहन सर्वसाधरणलाई आग्रह गरिएको छ ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार जिल्लामा जारी रहेको निषेश आदेशको अवधि थप भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले असार २४ गते सूचना जारी गर्दै अर्को असार २४ गते राति १२ बजेदेखि अर्को सूचना नआएसम्म निषेध आदेश केही खुकुलो भइ जारी रहने जानकारी दिनुभएको छ ।
स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार जिल्ला प्रशासन कार्यालयले असार २४ गते एक सूचना प्रकाशन गरी जिल्लामा जारी रहेको निषेध आदेश असार ३१ गतेसम्म थप गरिएको जानकारी दिएको छ । हाल जारी रहेको निषेध आदेशको अवधि असार २५ गते सकिदै थियो ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन सङ्घको असार २३ गते बसेको बैठकले जिल्लामा हाल कोभिडको जोखिम रहेकोले सङ्क्रमण थप फैलिन नदिन जारी रहेको निषेध आदेश असार ३१ गतेसम्म थप भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले असार २३ गते एक सूचना मार्फत जानकारी दिएको छ ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार कास्कीमा जारी रहेको निषेध आदेश थप केही खुकुलो भइ साउन ५ गतेसम्म थप भएको जिल्ला प्रशासन कार्यालय कास्कीले असार २४ गते सूचना प्रकाशन गरी जानकारी दिएको छ ।। निषेध आदेशमा जिल्ला भित्र सार्वजनिक सवारी साधान जोरबिजोर अनुसार सञ्चालन हुनेछन् भने विभिन्न पेशा व्यवसाय तथा पसल बिहान ५ देखि साँझ ८ बजेसम्म खुल्ने भएका छन् । निजी सवारी साधन अहिले जस्तै जोरबिजोरका आधारमा सञ्चालन हुने छन् भने सिट क्षमताभन्दा बढी यात्रु नराखी स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक सवारीसाधन सञ्चालन गर्न प्रशासन कार्यालयले जनाएको छ । सिनेमा हल, पार्टी प्यालेस, होटल तथा रेष्टुरेण्ट, चिया तथा खाजा पसल, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रङ्गशाला, फुटशल, खेलकूद स्थल, जिमखाना, फिटनेश सेन्टर स्पा, स्वीमिङपुल, ब्यूटीपार्लर, सैलुन र फुटपाथ पसल लगायतका सेवा एवमं स्थल खोल्न तथा सञ्चालन गर्न रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार माथि उल्लेखित बाहेकका व्यवसाय, अत्यावश्यक दैनिक उपभोग्य खाद्यन्न सामग्रीका पसल, तरकारी, पानी फलफुललगायत पसल बिहान ५ देखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाइने छ । जारी रहेको पछिल्लो निषेध आदेश असार २४ गते राति १२ बजेसम्म थियो । जिल्ला प्रशासन कार्यालयले यसअघि कास्कीमा वैशाख १५ गतेदेखि निषेध आदेश जारी भएको थियो ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार जिल्लामा जारी रहेको निषेध हादेशको अवधि साउन ४ गतेसम्म थप भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले असार २४ गते सूचना प्रकाशन गरी असार २५ गते राति १२ बजेदेखि साउन ४ गतेसम्म निषेध आदेश थप भएको जानकारी दिएको छ ।
नवलपरासी (बर्दाघाट सूस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको असार २५ गते बसेको बैठकको निर्णयले जिल्लामा जारी रहेको निषेध आदेश असार २७ गते राति १२ बजेदेखि साउन ४ गतेसम्म थप भएको नवलपरासी (बर्दाघाट सूस्ता पूर्व) का जिल्ला प्रशासन कार्यालयले असार २५ गते एक सूचना जारी गरी जानकारी दिएको छ ।
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार कोभिड–१९ को पहिलो र दोस्रो लहरले कर्णाली प्रदेशमा बढी क्षति पुर्याएपछि जिल्ला प्रशासन र जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले तेस्रो लहर रोकथाम तथा नियन्त्रण गर्न सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा गठित समितिले कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा तेस्रो लहर आउना साथ कुन कार्यालयले के–के गर्ने र कसरी अघि बढ्ने भन्ने बारेमा कार्ययोजना तयार गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनु भयो । रिजालका अनुसार दुई दिन लगाएर असार २४ गते तयार पारिएको कार्य योजनामा प्रदेश स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयको समन्वयमा चार/चार जना चिकित्सक, नर्स र पारामेडिक्सको टोली तयारी अवस्थामा बस्ने राखिने छ । तेस्रो लहरमा बालबालिकाहरूमा बढी जोखिम हुने भनिएकोले प्रदेश कोभिड अस्पताल सुर्खेतमा बालबालिबाहरूका लागि चार ओटा भेन्टिलेटर, १० वटा एचडियु बेड, औषधी र अन्य उपकरणहरू प्रदेश अस्पताल, स्वास्थ्य निर्देशनालय र प्रदेश सरकारले व्यवस्थापन गर्नुपर्ने कार्ययोजनामा उल्लेख गरिएको प्रजिअ रिजालले बताउनु भयो ।
अबको एक महिनाभित्र आवश्यक औषधिहरू खरिद गरिसक्नुपर्ने, प्लाज्मा थेरापीको व्यवस्थापन, रेम्डिसिभिर औषधिको कमी रहेकोले एकैपटक कम्तिका ३ सय जनालाई पुग्ने गरी ल्याउनुपर्ने, कम्तिमा ६ सय अक्सिजन सिलिण्डरको व्यवस्थापन तथा जिल्ला बाहिर र प्रदेश अस्पतालमा अक्सिजन फिलिङ्ग प्लान्ट स्थापना गरिनुपर्ने कार्ययोजना तयार गरिएको जनस्वास्थ्य सेवा सुर्खेतका प्रमुख चेतनिधी वाग्लेले बताउनु भयो ।
कार्ययोजनामा घर–टोलमै पीसीआर विधिबाट स्वाब सङ्कलन गर्ने, एम्बुलेन्स तथा शव बाहनहरू तयारी अवस्थामा राख्ने, स्वास्थ्य सावधानीका बारेमा सचेतना अभियान सञ्चालन गर्ने, कोभिड रोकथाम र नियन्त्रणका लागि स्थानीय तहलाई प्रचारप्रसारका लागि अनुरोध गर्ने र सबै पालिकाहरूमा वडाध्यक्षहरूको संयोजकत्वमा कोभिड– १९ निगरानी समूह गठन गरिने उल्लेख छ ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार २५ गतेसम्म १६ हजार ५ सय ३१ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोभिड १९ को सड्ङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार २५ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…