कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते)
असार २३ गते २ हजार ७७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ५० हजार १ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार २३ गते परीक्षण गरिएकामध्ये २६.५ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार २३ गते २० वर्ष मुनिका २ सय ६६ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ८ सय ३५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख १४ हजार ३ सय २७ जना निको भएका छन् । असार २३ गते १ हजार ३ सय ३३ जना निको भएका छन् भने निको हुनेको दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार २३ गतेसम्म ९ हजार २ सय ९१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार २३ गते २८ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या २६ हजार ६ सय ९० रहेको छ ।
सिन्धुपाल्चोक प्रतिनिधि नातिबावु धितालका अनुसार कोभिड–१९ को सङ्क्रमण समुदाय स्तरसम्म फैलिएको र नियन्त्रण नभएको भन्दै जिल्ला प्रशासन कार्यालयले असार २३ गतेदेखि असार ३१ गतेसम्मका लागि निषेध आदेश थप गरेको छ । प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको अध्यक्षतामा असार २२ गते बसेको डिसिएमसीको बैठकले असार ३१ गतेसम्मका लागि निषेध आदेशको अवधि थप गर्न निर्णय गरेको हो । जारी निषेध आदेशमा जिल्लाभित्र निजी सवारी साधन सञ्चलन गर्न र पसल व्यवसाय बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म गर्न पाउने गरी केही खुकुलो बनाएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार कोभिड–१९ बाट सिर्जित जटिल परिस्थिती र मानव अधिकारको अवस्था अनुगमनको लागि तनहुँमा गठित मानव अधिकार अनुगमन समितिमा इन्सेक सदस्यको रुपमा चयन भएको छ । केन्द्रमा राष्ट्रिय मानव अधिकार आयोगको नेतृत्व रहेको उक्त समितिमा नेपाल बार एशोसिएशन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घको जिल्ला स्तरीय नेतृत्व सदस्य भएका छन् । त्यसबाहेक समितिले मानव अधिकारको क्षेत्रमा क्रियाशील अन्य सङ्घसंस्थाका प्रतिनिधिलाई पनि सदस्य चयन गर्न सक्ने छ । सोही अनुसार असार २३ गते नेपाल बार एशोसिएशन तनहुँका अध्यक्ष भानुभक्त सुवेदीको अध्यक्षतामा सम्पन्न बैठकले मानव अधिकार अवस्था अनुगमन समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेल र इन्सेक तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईलाई सदस्य चयन गरेको हो । यसका साथै सदस्यहरुमा आदिवासी जनजाती महासङ्घका जिल्ला अध्यक्ष बसुन्धरा घर्ती, महिला मानव अधिकार रक्षक सञ्जालकी कल्पना पौडेल, गैरसरकारी संस्था समन्वय समितिका महासचिव राजेश्वर हड्खले र दलित पत्रकार सङ्घका अध्यक्ष सानेबहादुर नेपालीलाई थप गर्ने निर्णय गरेको छ । गठन गरिएको उक्त समितिले कोभिड–१९ को कारण सिर्जित विषम परिस्थिति र बन्दाबन्दीको कारण नागरिकको मानव अधिकारमा परेको असरको बारेमा जिल्लामा अनुगमन गर्ने जनाइएको छ ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार मुस्ताङ जिल्लामा कोभिड सङ्क्रमण पुनः फैलिन थालेपछि थासाङ गाउँपालिका, घरपझोङ गाउँपालिका र बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका क्षेत्रमा आगामी असार ३१ गतेसम्मका लागि निषेध आदेश थप गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको असार २२ गतेको सिफारिस बमोजिम स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश–२०७८ को दफा ५(२) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेध आदेश असार २३ गतेबाट असार ३१ गतेसम्म आदेश जारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिनुभयो । यसअघि जिल्लामा जारी रहेको निषेध आदेश असार २२ गते राति १२ बजे सकिएको छ ।
लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार जिल्लामा जारी रहेको निषेध आदेश केही खुकुलो गरी अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले असार २३ गते सूचना प्रकाशन गर्दै निषेध आदेश असार २४ गतेबाट असार ३१ गतेसम्म थप गरिएको जानकारी दिएको छ ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार २३ गतेसम्म १६ हजार १ सय ६८ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार २३ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ११ गते)
जेठ ११ गते चार जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय ८९…
तीन बर्षदेखि सम्पर्कमा नआएका बुवाको खोजीमा सहयोग गरिदिन छोरीको अनुरोध
रोजगारीको लागि ठेकदारसँग डोल्पा गएका सल्यानका एक व्यक्ति तीन बर्षदेखि सम्पर्कमा नआएपछि उनको खोजी कार्यमा सहयोग गरीदिन पीडित परिवारले सरोकारवालाई अनुरोध गरेको छ । डोल्पाको दुनैमा घर प्लास्टर गर्ने कामका…
यौन दुर्व्यवहार घटनाका आरोपितद्वारा आत्महत्या
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपित भिमदत्त नगरपालिका–२ महुलियाका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको पङ्खामा झुण्डिएर जेठ १० गते आत्महत्या गरेका छन् । जेठ १० गते समान किन्न…
रोल्पा कारागारमा कैदीको मृत्यु प्रकरण, मृतक सुर्खेतका शाह नभइ बाँकेका हरिजनको भएको खुलासा
रोल्पा कारगारमा जेठ ४ गते झुण्डिएको अवस्थामा मृत भेटिएका भनिएका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयविक्रम शाह नभइ बाँके जिल्ला नेपालगञ्ज उपमनपा–२ का सुन्दर हरिजन भएको खुलेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ रङ्गशालाका ५९ वर्षीय रुपनाथ ढकाललाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले खाजा खुवाउने प्रलोभन देखाएर जेठ ७…