कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २२ गते)
असार २२ गते १ हजार ७ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ४८ हजार ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार २२ गते परीक्षण गरिएकामध्ये २३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार २२ गते २० वर्ष मुनिका १ सय ८२ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ५ सय ३ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख १२ हजार ९ सय ९४ जना निको भएका छन् । असार २२ गते १ हजार ५ सय ६५ जना निको भएका छन् भने निको हुनेको दर ९४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार २२ गतेसम्म ९ हजार २ सय ६३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार २२ गते १५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या २५ हजार ९ सय ४६ रहेको छ ।
इलाम प्रतिनिधि कोकिला ढकालका अनुसार जिल्लामा जारी निषेध आदेशको समय असार ३१ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असार २२ गतेको बैठकले केही खुकुलो गरी निषेध आदेशको समय थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालयले असार २२ गते जारी गरेको निषेध आदेशमा सबै प्रकारका सभा, जुलुस सेमिनार, गोष्ठी, होटल, साप्ताहिक हाटलगायतका क्षेत्रलाई निषेध गरिएको उल्लेख छ । आदेशमा इलाम बजार क्षेत्रभित्र यात्रुबहाक सवारीलाई निषेध गरिएको छ
झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा जारी निषेध आदेशको समय असार ३१ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असार २१ गतेको बैठकले असार ३१ गतेसम्मका लागि केही खुकुलो गरी निषेध आदेशको समय थप गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय झापाले सूचनामार्फत जनाएको छ । निषेध आदेशको समयमा मलखाद, बिउबिजन, कुखुराका चल्ला, दाना पसल, पशुपंक्षीका आहारा तथा कृषिसम्बन्धी पसल बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन अनुमति रहेको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लामा जारी निषेध आदेशको समय असार ३१ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असार २१ गतेको बैठकले असार ३१ गतेसम्मका लागि केही खुकुलो गरी निषेध आदेशको समय थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनु भएको छ । सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने गरी निषेध आदेशको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनु भएको छ । निषेध आदेशको समयमा बजार पसल बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा जारी निषेध आदेशको समय एक साताका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असार २२ गतेको बैठकले असार २८ गतेसम्मका लागि निषेध आदेशको समय थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताउनु भएको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमण दर कायमै रहेकाले निषेध आदेशको समय पुनः थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी राईले बताउनु भएको छ । निषेध आदेशको समयमा सरकारी कार्यालय, सार्वजनिक संस्थान र वित्तीय क्षेत्रले स्वास्थ्य मापदण्डसहित सेवा प्रवाह सञ्चालन गर्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारीले राईले बताउनु भएको छ ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको असार २२ गतेको बैठकले जारी निषेध आदेश असार ३१ गतेसम्म थप गर्ने निर्णय गरेको छ । बैठकले निषेध आदेशको समयमा होटल, पार्टी प्यालेस, दोहोरी, नाँचघर, क्लव, स्वीमिङ पुल, फनपार्क, हाटबजार, रङ्गशाला, खेलकुद स्थल, फुटसल, जिमखाना, फिटनेस सेन्टर, सैलुन, ब्युटिपार्लर र मानिसको भिडभाड हुने सबै कार्य बाहेकका पसल व्यवसायहरू स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पुरा गरी बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।
प्यूठान कोभिड–१९ महामारीसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले निर्माण गरेको मानव अधिकार संरक्षण कार्यविधि २०७८ अनुसार असार २१ गते प्यूठान जिल्लामा गठन गरिएको अनुगमन समितिमा इन्सेक प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेलाई संयोजक चयन गरेको छ । जिल्लामा विभिन्न सङ्घ संस्थाको प्रतिनिधित्व गर्ने गरी समिति गठन गरिएको छ । समितिको सदस्यहरूमा नेपाल पत्रकार महासङ्घ, जिल्ला बार एशोसिएशन, गैर सरकारी संस्था महासङ्घ, मानव अधिकार सञ्जाल, हरप्लेसलगायत सङ्घसंस्थाका प्रतिनिधिहरू रहेका छन् । गठित समितिले जिल्लामा कोभिड महामारीमा मानव अधिकारको अवस्थाका बारेमा अनुगमन गर्नेछ ।
रुपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार जिल्लामा जारी निषेध आदेश असार ३१ गतेसम्म थप गरिएको छ । असार २१ गते बसेको डिसीएमसीको बैठकले असार ३१ गते राति १२ बजेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका अधिकृत जनक थापाले बताउनु भयो ।
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार जिल्ला कोभिड—१९ सङ्कत व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा असार २२ गते बसेको बैठकले जारी निषेध आदेश खुकुलो पार्दै साउन १ गतेसम्म थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो ।
अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार कोभिड सङ्क्रमण फैलने दर कम नभएको भन्दै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र, अछामको सिफारिसमा निषेध आदेश असार २८ गतेसम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिनुभयो
बाजुरा कोभिड सङ्क्रमणका कारण जिल्लामा जारी निषेध आदेशका कारण समस्यामा परेका बडिमालिका नगरपालिका–२ माझिगाउँका चार जना बालबालिकालाई असार २० गते इन्सेक बाजुरा जिल्ला प्रतिनिधि पदमबहादुर सिंहको पहलमा बडिमालिका मिडिया हाउसले खाद्यान्न वितरण गरेको छ । सात वर्षीया करुणा नेपाली, ६ वर्षीया कोपीला नेपाली, चार वर्षीया स्माया नेपाली र तीन वर्षीय ध्रुबराज नेपालीलाई इन्सेक प्रतिनिधिको पहलमा राहत स्वारुप दुई किलो दाल, ८० किलो चामल, दुई पोका नुन, दुई पोका तेल र लुगा धुने तथा नुहाउने साबुन बडिमालिका नगरपालिकाकी उपप्रमुख कविता बिष्टको उपस्थितिमा वितरण गरिएको वडा अध्यक्ष डम्मर महतले बताउनु भयो । बालबालिकाको शिक्षा, स्वास्थ्य र खाद्यान्नका लागि नगरपालिकाले पनि थप सहयोग गर्ने उपप्रमुख बिष्टले प्रतिवद्धता जाहेर गर्नु भएको छ । टुहुरा चारै जना बालबालिकाहरु हाल बृद्ध अवस्थामा रहेका बाजेबज्यैसँग बस्दै आएका छन् ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार २२ गतेसम्म १५ हजार ९ सय ४६ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार २२ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
लोडसेडिङ्गको समय बढाएपछि एसइई परिक्षा तयारीका विद्यार्थीलाई सास्ती
सदरमुकामस्थित सिमकोट गाउँपालिकामा दैनिक १६ घण्टा विद्युत लोडसेडिङ्ग हुँदा आगामी चैत १७ गतेदेखि सुरू हुने एसइई परिक्षाको तयारी गर्दै आएका विद्यार्थीहरूले सास्ती खेपेका छन् प्रत्येक दिन सदरमुकाम सिमकोटमा लोडसेडिङ्ग हुँदै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ कदमाहा टोलका ४२ वर्षीय बच्चु भनिने शिव शंकर चौधरी माघ १८ गते गिरफ्तार भएका छन् । आफ्नै पसलमा व्यपार गरेर बसिरहेकी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–२ दुहबी टोलका ४१ वर्षीय शनिदेव चौधरीलाई माघ १६ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले दिएको उजुरी दर्ता गर्दै इलाका प्रहरी…
डाक्टरको लापर्बाहीले अस्पतालमा सुत्केरीकको मृत्यु भएको आफन्तको आरोप
मरिण गाउँपालिका-४ वाक्सिङटारकी २७ वर्षीया सीता तामाङको उपचारको क्रममा सिन्धुली अस्पतालका डाक्टरको लापर्बाहीले ०७९ माघ १८ गते मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले माघ १८ गते अस्पताल परिसरमा विरोध प्रदर्शन…
बलात्कार घटनाका कसुरदारलाई १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा लालबन्दी नगरपालिका–११ का ३२ वर्षीय विकास कापर र लालबन्दी नगरपालिका–५ का २९ वर्षीय रमन कापरलाई जिल्ला अदालत सर्लाहीले माघ १७ गते १० वर्ष कैद…