कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते १ हजार ४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ४४ हजार ६ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार २० गते परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार २० गते २० वर्ष मुनिका १ सय ९ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ४ हजार ८ सय ७६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ९ हजार २ सय १८ जना निको भएका छन् । असार २० गते २ हजार ५ सय ५२ जना निको भएका छन् भने निको हुनेको दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार २० गतेसम्म ९ हजार २ सय २५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार २० गते २७ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या २६ हजार २ सय ५९ रहेको छ ।
काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार उपत्यकामा जारी निषेध आदेशमा सार्वजनिक यातायातमा लगाइएको जोरबिजोर प्रणाली हटाउँदै थप खुकुलो गरिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको असार २० गतेको बैठकले निषेध आदेश असार ३१ गतेसम्मको लागि थप गर्दै अब माइक्रोबस र टेम्पो समेत चलाउन दिने निर्णय गरेको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बैठकले सार्वजनिक यातायात जोरबिजोर नियम हटाउने निर्णय गरेको बताउनुभयो । लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न पाइने तर जिल्ला प्रशासन कार्यालयको पास हुनपर्ने भन्ने व्यवस्था गरिएको छ । यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।
मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार जिल्ला सङ्कट व्यवस्थापन समितिको असार २० गते बसेको बैठकको निर्णय अनुसार असार ३१ गतेसम्मका लागि निषेध आदेशको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनु भयो । थप गरिएको आदेशमा सार्वजनिक यातायात सञ्चालनमा रोक लागाइएको छ । खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पसलहरू बिहान १० बजेसम्म सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो बाहेक स्टेश्नरी पसल, मोवाईल, अटोमोवाईल मर्मत दिउँसो १२ बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न पाइने जारी सूचनामा उल्लेख छ ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार २० गतेसम्म १५ हजार ४ सय ९१ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार २० गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
लोडसेडिङ्गको समय बढाएपछि एसइई परिक्षा तयारीका विद्यार्थीलाई सास्ती
सदरमुकामस्थित सिमकोट गाउँपालिकामा दैनिक १६ घण्टा विद्युत लोडसेडिङ्ग हुँदा आगामी चैत १७ गतेदेखि सुरू हुने एसइई परिक्षाको तयारी गर्दै आएका विद्यार्थीहरूले सास्ती खेपेका छन् प्रत्येक दिन सदरमुकाम सिमकोटमा लोडसेडिङ्ग हुँदै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ कदमाहा टोलका ४२ वर्षीय बच्चु भनिने शिव शंकर चौधरी माघ १८ गते गिरफ्तार भएका छन् । आफ्नै पसलमा व्यपार गरेर बसिरहेकी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–२ दुहबी टोलका ४१ वर्षीय शनिदेव चौधरीलाई माघ १६ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले दिएको उजुरी दर्ता गर्दै इलाका प्रहरी…
डाक्टरको लापर्बाहीले अस्पतालमा सुत्केरीकको मृत्यु भएको आफन्तको आरोप
मरिण गाउँपालिका-४ वाक्सिङटारकी २७ वर्षीया सीता तामाङको उपचारको क्रममा सिन्धुली अस्पतालका डाक्टरको लापर्बाहीले ०७९ माघ १८ गते मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले माघ १८ गते अस्पताल परिसरमा विरोध प्रदर्शन…
बलात्कार घटनाका कसुरदारलाई १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा लालबन्दी नगरपालिका–११ का ३२ वर्षीय विकास कापर र लालबन्दी नगरपालिका–५ का २९ वर्षीय रमन कापरलाई जिल्ला अदालत सर्लाहीले माघ १७ गते १० वर्ष कैद…