कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते १ हजार ५ सय २७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ४३ हजार ५ सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार १९ गते परीक्षण गरिएकामध्ये २६ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार १९ गते २० वर्ष मुनिका १ सय ७४ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ५ हजार ८ सय ३७ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ६ हजार ६ सय ६६ जना निको भएका छन् । असार १९ गते ३ हजार ६६ जना निको भएका छन् भने निको हुनेको दर ९४.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार १९ गतेसम्म ९ हजार १ सय ९८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार १९ गते १९ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या २७ हजार ७ सय ६९ देखाइएको छ ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार बराहक्षेत्र नगरपालिकाको दुई ओटा वडामा असार १९ गतदेखि एक साताका लागि सील गरिएको छ । कोभिड–१९ सङ्क्रमण बढेको भन्दै दुई ओटा वडा सील गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका सूचना अधिकारी पुकार पोखरेलका अनुसार बराहक्षेत्र नगरपालिका–१ र २ लाई असार १९ गतेदेखि २६ गतेसम्म एक साताका लागि सील गरिएको हो ।
दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार कोभिड–१९ महामारीसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले निर्माण गरेको मानव अधिकार संरक्षण कार्यविधि २०७८ अनुसार असार १९ गते दाङमा जिल्ला अनुगमन समिति गठन गरिएको छ । मानव अधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्माको अध्यक्षतामा घोराहीमा सम्पन्न भएको बैठकले संस्थागत प्रतिनिधित्व गर्ने गरी समिति बनाएको हो । समितिको सदस्यमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई सदस्यमा चयन गरिएको छ । समितिको अन्य सदस्यहरूमा नेपाल पत्रकार महासङ्घ, जिल्ला बार इकाई, गैसस महासङ्घ, ओरेक, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र, अपाङग मानव अधिकार एवम् सरोकार केन्द्र, महिला मानव अधिकार रक्षक सञ्जाल दाङ सदस्य छन् । समितिमा इन्सेक प्रतिनिधि जयनारायण पुन र जिल्ला सहजकर्ता विनोद केसीलाई सदस्य चयन गरिएको छ । समितिले जिल्लामा कोभिड महामारीमा मानव अधिकारको अवस्थाबारे अनुगमन गर्नेछ ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार १९ गतेसम्म १५ हजार २ सय ५९ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार १९ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार कसुरमा ७ वर्ष कैद र २ लाख जरिवाना सजायको फैसला
४९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बरेङ गाउँपालिका–२ पोखराचौरका ४६ वर्षीय टिकाराम क्षेत्रीलाई ७ वर्ष कैद सजाय फैसला गरेको छ । २०७७ माघ २८ गते महिलालाई बलात्कार गरेको…
लोडसेडिङ्गको समय बढाएपछि एसइई परिक्षा तयारीका विद्यार्थीलाई सास्ती
सदरमुकामस्थित सिमकोट गाउँपालिकामा दैनिक १६ घण्टा विद्युत लोडसेडिङ्ग हुँदा आगामी चैत १७ गतेदेखि सुरू हुने एसइई परिक्षाको तयारी गर्दै आएका विद्यार्थीहरूले सास्ती खेपेका छन् प्रत्येक दिन सदरमुकाम सिमकोटमा लोडसेडिङ्ग हुँदै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ कदमाहा टोलका ४२ वर्षीय बच्चु भनिने शिव शंकर चौधरी माघ १८ गते गिरफ्तार भएका छन् । आफ्नै पसलमा व्यपार गरेर बसिरहेकी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–२ दुहबी टोलका ४१ वर्षीय शनिदेव चौधरीलाई माघ १६ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले दिएको उजुरी दर्ता गर्दै इलाका प्रहरी…
डाक्टरको लापर्बाहीले अस्पतालमा सुत्केरीकको मृत्यु भएको आफन्तको आरोप
मरिण गाउँपालिका-४ वाक्सिङटारकी २७ वर्षीया सीता तामाङको उपचारको क्रममा सिन्धुली अस्पतालका डाक्टरको लापर्बाहीले ०७९ माघ १८ गते मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले माघ १८ गते अस्पताल परिसरमा विरोध प्रदर्शन…