कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १८ गते)
असार १८ गते १ हजार ३ सय ९१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ४२ हजार ५३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार १८ गते परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार १८ गते २० वर्ष मुनिका १ सय ५८ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ५ सय ६६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ३ हजार ६ सय जना निको भएका छन् । असार १८ गते ३ हजार ४ सय ५१ जना निको भएका छन् भने निको हुनेको दर ९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार १८ गतेसम्म ९ हजार १ सय ७९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार १८ गते ३४ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या २९ हजार ३ सय ८ देखाइएको छ । कोभिड १९ विरुद्धको दुवै मात्रा खोप लगाउनेको सङ्ख्या ७ लाख ५७ हजार ६ सय ३५ रहेको मन्त्रालयले जनाएको छ ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्लामा जारी निषेध आदेशको समय असार २५ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असार १८ गतेको बैठकले केही खुकुलो गरी निषेध आदेशको समय थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णराज पन्तले बताउनु भएको छ । निषेध आदेशको समयमा स्वास्थ्य मापदण्ड पुरा गरेर खाद्यान्न र मासु पसल बिहान ६ बजेदेखि ६ बजेसम्म, फलफूल, तरकारी पसल बिहान ६ बजेदेखि ६ बजेसम्म र पुस्तक तथा कृषि सामग्रीका पसल बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन अनुमति हुने गरी जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार जिल्लामा निषेध आदेशको अवधि १० दिन थप गरिएको छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको असार १८ गते बसेको बैठकको सिफारिसमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले असार १९ गतेदेखि असार २९ गते राति १२ बजेसम्म निषेध आदेश थप भएको जानकारी दिनुभएको छ । सङ्क्रमणको दर, प्रवृत्ति र मृत्यूदरको विश्लेषणको आधारमा निषेध आदेशको अवधि थप गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका अधिकृत हर्क रोकाले बताउनुभयो ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार १८ गतेसम्म १४ हजार ५ सय ९१ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार १८ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ११ गते)
जेठ ११ गते चार जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय ८९…
तीन बर्षदेखि सम्पर्कमा नआएका बुवाको खोजीमा सहयोग गरिदिन छोरीको अनुरोध
रोजगारीको लागि ठेकदारसँग डोल्पा गएका सल्यानका एक व्यक्ति तीन बर्षदेखि सम्पर्कमा नआएपछि उनको खोजी कार्यमा सहयोग गरीदिन पीडित परिवारले सरोकारवालाई अनुरोध गरेको छ । डोल्पाको दुनैमा घर प्लास्टर गर्ने कामका…
यौन दुर्व्यवहार घटनाका आरोपितद्वारा आत्महत्या
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपित भिमदत्त नगरपालिका–२ महुलियाका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको पङ्खामा झुण्डिएर जेठ १० गते आत्महत्या गरेका छन् । जेठ १० गते समान किन्न…
रोल्पा कारागारमा कैदीको मृत्यु प्रकरण, मृतक सुर्खेतका शाह नभइ बाँकेका हरिजनको भएको खुलासा
रोल्पा कारगारमा जेठ ४ गते झुण्डिएको अवस्थामा मृत भेटिएका भनिएका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयविक्रम शाह नभइ बाँके जिल्ला नेपालगञ्ज उपमनपा–२ का सुन्दर हरिजन भएको खुलेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ रङ्गशालाका ५९ वर्षीय रुपनाथ ढकाललाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले खाजा खुवाउने प्रलोभन देखाएर जेठ ७…