कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते १ हजार ८ सय ५७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ४० हजार ६ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार १७ गते परीक्षण गरिएकामध्ये २६ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार १७ गते २० वर्ष मुनिका १ सय ९५ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार १ सय ३० ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख १ सय ४९ जना निको भएका छन् । असार १७ गते ४ हजार १७ जना निको भएका छन् भने निको हुनेको दर ९३.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार १७ गतेसम्म ९ हजार १ सय ४५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार १७ गते ३३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ३१ हजार ३ सय ६८ देखाइएको छ ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लामा जारी निषेध आदेशको समय असार ३१ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असार १७ गतेको बैठकले निषेध आदेशको अवधि थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले बताउनु भएको छ । निषेध आदेशको समयमा खाद्यान्नलगायतका पसलहरू बिहान १० बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भण्डारीको भनाइ छ ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा जारी निषेध आदेशको समय असार २६ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असार १६ गते बसेको बैठकको निर्णय अनुसार निषेध आदेशको समय अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनु भयो । निषेध आदेशको समयमा अत्यावश्यक बाहेकका सेवा प्रवाहमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शाहीले पौडेलले बताउनु भएको छ ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा आइनसकेको भन्दै जिल्ला प्रशासन कार्यालयले असार १७ गतेको निर्णयबाट असार १८ गतेदेखि लागु हुने गरी एक साताका लागि निषेध आदेश थप गरेको छ । थपिएको निषेध आदेशमा तीन पाङ्ग्रे अटो र ट्याक्सी सेवालाई खुकुलो बनाइएको छ । बढीमा दुई जनासम्म यात्रु राखी जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर भएका तीन पाङ्ग्रे अटो र ट्याक्सी सञ्चालन गर्न दिइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी छविलाल रेग्मीको अध्यक्षतामा असार १७ गते बसेको बैठकले असार २४ गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको छ । यस अवधिमा बिहान ६ बजेदेखि २ बजेसम्म खाद्य, निर्माण सामग्री, भाँडा, पुस्तक पसल, वर्कसप, हार्डवेयर, फेन्सी पसलहरू खुल्ला गर्ने तथा होटेल, रेष्टुरेन्ट र खाजा घर पूर्ण रूपमा बन्द हुने साथै जिल्लाभर जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदम लामिछानेले बताउनु भयो ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार १७ गतेसम्म १४ हजार ४६ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार १७ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ११ गते)
जेठ ११ गते चार जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय ८९…
तीन बर्षदेखि सम्पर्कमा नआएका बुवाको खोजीमा सहयोग गरिदिन छोरीको अनुरोध
रोजगारीको लागि ठेकदारसँग डोल्पा गएका सल्यानका एक व्यक्ति तीन बर्षदेखि सम्पर्कमा नआएपछि उनको खोजी कार्यमा सहयोग गरीदिन पीडित परिवारले सरोकारवालाई अनुरोध गरेको छ । डोल्पाको दुनैमा घर प्लास्टर गर्ने कामका…
यौन दुर्व्यवहार घटनाका आरोपितद्वारा आत्महत्या
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपित भिमदत्त नगरपालिका–२ महुलियाका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको पङ्खामा झुण्डिएर जेठ १० गते आत्महत्या गरेका छन् । जेठ १० गते समान किन्न…
रोल्पा कारागारमा कैदीको मृत्यु प्रकरण, मृतक सुर्खेतका शाह नभइ बाँकेका हरिजनको भएको खुलासा
रोल्पा कारगारमा जेठ ४ गते झुण्डिएको अवस्थामा मृत भेटिएका भनिएका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयविक्रम शाह नभइ बाँके जिल्ला नेपालगञ्ज उपमनपा–२ का सुन्दर हरिजन भएको खुलेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ रङ्गशालाका ५९ वर्षीय रुपनाथ ढकाललाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले खाजा खुवाउने प्रलोभन देखाएर जेठ ७…