कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १५ गते)
असार १५ गते १ हजार ७ सय २८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३६ हजार ९ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार १५ गते परीक्षण गरिएकामध्ये २४ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार १५ गते २० वर्ष मुनिका १ सय ६८ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार २ सय ५९ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ५ लाख ९२ हजार ५ सय ३५ जना निको भएका छन् । असार १५ गते ४ हजार ३ सय ४८ जना निको भएका छन् भने निको हुनेको दर ९३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार १५ गतेसम्म ९ हजार ७१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार १५ गते २० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ३५ हजार ३ सय १० देखाइएको छ ।
सोलखुम्बु प्रतिनिधि भोजराज कार्कीका अनुसार जिल्लामा जारी निषेध आदेशको समय असार २१ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असार १४ गते बैठकको निर्णय अनुसार निषेध आदेशको समय अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले बताउनु भयो । निषेध आदेशको समयमा बिहान ९ बजेसम्म खाद्यान्नलगायत पसल सञ्चालन गर्न दिइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शाहीले बताउनु भएको छ ।
काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार कोभिड–१९ का कारण वैशाख १६ गतेदेखि उपत्यकामा जारी निषेध आदेश असार १५ गतेदेखि केही खुकुलो बनाउँदै एक साता थप्ने निर्णय गरिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको असार १४ गते बसेको संयुक्त बैठकले उपत्यकामा जोरबिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
रामेछाप प्रतिनिधि नवराज घिमिरेका अनुसार जिल्लामा असार १५ गते मध्यरातबाट असार २२ गतेसम्मको लागि निषेध आदेश थप गर्ने निर्णय भएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको असार १४ गते बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले जिल्ला भित्रिने तथा बाहिरिने यात्रुबाहाक सवारी साधनलाई रोक लगाएको छ । निजी र सार्वजनिक सवारी साधन भने जिल्लाभित्र जोरबिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले जानकारी दिनुभयो ।
रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार जिल्लामा कोभिड–१९ सङ्क्रमण जोखिम कायम रहेको भन्दै जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले असार १५ गतेदेखि असार २१ गतेसम्मका लागि निशेध आदेशको अवधि थप गरेको छ । कोभिड–१९ का सङ्क्रमित नघटेकाले निषेध आदेशलाई आगामी सात दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको प्रमुख जिल्ल अधिकारी इश्वरी ढकालले बताउनुभयो ।
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार कोभिड–१९ को सङ्क्रमणलाई नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्यालयले आठौँ पटक जिल्लामा १० दिनको लागि निषेध आदेशको अवधि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले असार १५ गते जारी गर्नु भएको आदेश असार २५ गते राति १२ बजेसम्म कायम रहने जनाइएको छ । जिल्लामा गत वैशाख २१ गतेबाट निषेध आदेश जारी छ । असार १५ गतेको तथ्याङ्क अनुसार जिल्लामा ७ सय ४६ जना सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा ३५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क छ ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार जिल्लामा निषेध आदेशलाई केही खुकुलो बनाउँदै असार १५ गते राति १२ बजेदेखि असार २४ गते राति १२ बजेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको असार १५ गते बसेको बैठकको सिफारिसमा जिल्ला प्रशासन कार्यालय बागलुङले सात दिनको लागि निषेध आदेशको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।
अर्घाखाँची प्रतिनिधि नारायण भुसालका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको असार १५ गते बसेको बैठकले असार २२ गते राति १२ बजेसम्म निषेध आदेश थप गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरी विभिन्न वस्तु तथा सेवाको खरिद विक्री गर्ने पसलहरू बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताउनु भयो ।
नवलपरासी पश्चिम प्रतिनिधि नारायण पराजुलीका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको असार १४ गते बसेको बैठकले असार २१ गतेसम्म निषेध आदेश थप गरेको छ । यस अवधिमा पसल व्यवसाय साँझ ५ बजेसम्म सञ्चालन गर्न पाइने र बैङ्क तथा वित्तीय संस्था स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनु भयो ।
बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको असार १४ गते बसेको बैठकले असार २१ गतेसम्म निषेध आदेश थप गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनु भयो । जिल्लामा असार १५ गतेदेखि सार्वजनिक यातायातका सवारी साधनमा जोर–विजोर प्रणालीबाट लागु गर्ने निर्णय गरेको छ । पसलहरू बिहान ९ बजेदेखि ४ बजेसम्म स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गरी सञ्चालन गर्न दिने निर्णय गरेको प्रजिअ शिवराम गेलालले बताउनु भयो ।
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको असार १४ गते प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले असार २२ गतेसम्म निषेध आदेश थप गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो । बैठकले सबै पसलहरू बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाउने, निजी सवारी साधन तथा सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै भौतिक दुरी कायम गरी जिल्लाभित्र सञ्चालन गर्न पाउने, सरकारी कार्यालय तथा बैङ्क वित्तीय संस्था स्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न पाउने र भिडभाड हुने ठाउँ सभा/सम्मेलन, गोष्ठी, होटेल, पार्टी प्यालेस, सिनेमा हल, स्विमिङ पुल, क्लब सञ्चालनमा रोक लगाएको जोशीले बताउनु भयो ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार १५ गतेसम्म १३ हजार २ सय ४८ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार १५ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ११ गते)
जेठ ११ गते चार जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय ८९…
तीन बर्षदेखि सम्पर्कमा नआएका बुवाको खोजीमा सहयोग गरिदिन छोरीको अनुरोध
रोजगारीको लागि ठेकदारसँग डोल्पा गएका सल्यानका एक व्यक्ति तीन बर्षदेखि सम्पर्कमा नआएपछि उनको खोजी कार्यमा सहयोग गरीदिन पीडित परिवारले सरोकारवालाई अनुरोध गरेको छ । डोल्पाको दुनैमा घर प्लास्टर गर्ने कामका…
यौन दुर्व्यवहार घटनाका आरोपितद्वारा आत्महत्या
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपित भिमदत्त नगरपालिका–२ महुलियाका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको पङ्खामा झुण्डिएर जेठ १० गते आत्महत्या गरेका छन् । जेठ १० गते समान किन्न…
रोल्पा कारागारमा कैदीको मृत्यु प्रकरण, मृतक सुर्खेतका शाह नभइ बाँकेका हरिजनको भएको खुलासा
रोल्पा कारगारमा जेठ ४ गते झुण्डिएको अवस्थामा मृत भेटिएका भनिएका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयविक्रम शाह नभइ बाँके जिल्ला नेपालगञ्ज उपमनपा–२ का सुन्दर हरिजन भएको खुलेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ रङ्गशालाका ५९ वर्षीय रुपनाथ ढकाललाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले खाजा खुवाउने प्रलोभन देखाएर जेठ ७…