कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक १४ गते)
कात्तिक १४ गते ३ हजार ५ सय १७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १४ हजार ९ सय ८९ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार कात्तिक १४ गतेसम्म ९ सय २० जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । कात्तिक १४ गते थप १६ जना सङ्क्रमितको मृत्यु भएको हो । सङ्क्रमितमध्ये १ लाख २८ हजार ९ सय ५८ जना निको भएका छन् । कात्तिक १४ गते ४ हजार ९६ जना निको भएका छन् भने निको हुनेको दर ७६.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ३८ हजार ३ सय ७५ जनाको उपचार भइरहेको छ ।
गण्डकी प्रदेश
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार पर्वतमा कोभिड–१९ को सङ्क्रमण बढ्दै आएपछि जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कात्तिक १४ गते राति १२ बजेदेखि कुश्मा बजार बन्द गर्ने निर्णय गरेको छ । कात्तिक १३ गते प्रमुख जिल्ला अधिकारी, जिल्लाका स्थानीय तहका प्रमुख एवम् प्रतिनिधि र अन्य सरोकारवाला सहितको बैठकले कात्तिक १४ गते राति १२ बजेदेखि सात दिन सम्मका लागि साविकको जिल्ला सदरमुकाम कुश्मा बजारबाट हुँदै आएका सेवा सुविधा बन्द गर्ने निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी विमल गौतमले दिनु भएको जानकारी अनुसार कुश्मा नगरपालिकाको कार्यालयसँगै मातहतका वडा कार्यालय ४, ५ ,६ र ७ बाट हुँदै आएका सेवा सात दिनसम्म बन्द गर्ने र अत्यावश्यक बाहेकका व्यवसायहरू पनि बन्द गर्ने निर्णय भएको छ । कुश्मा बजारभित्र व्यवसाय सञ्चालन गरी बस्ने केही व्यक्तिहरूमा समेत कोभिड–१९ पुष्टि भएपछि यस्तो निर्णय गरिएको गौतमले जानकारी दिनुभयो । कोभिड–१९ को सङ्क्रमणलाई न्यूनीकरण गर्नका लागि प्रहरीले कुश्मा बजार र जिल्लाका अन्य शहरी क्षेत्रमा मास्क लगाउने अभियानलाई कडाई गर्दै आइरहेको छ ।
कर्णाली प्रदेश
जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार तातोपानी गाउँपालिकाले पाँच शैयाको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएपनि मेडिकल अधिकृत पाएको छैन । गाउँपालिकाले ५ नम्बर वडाको ऐरेनीमा कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेका अनुसार आवश्यक सुविधा थप्दै जाने गरी अहिले आइसोलेशनमा रहनेका लागि शैया मात्र राखिएको छ । ‘आइसीयू, भेण्टिलेटरसहितका उपकरण थप्ने तयारी छ ।’–उहाँले भन्नुभयो । गाउँपालिकाको अस्थायी कोभिड अस्पतालका लागि दुई पटक विज्ञापन गर्दा पनि मेडिकल अधिकृत कसैको आवेदन नपरेको गाउँपालिका अध्यक्ष न्यौपानेले बताउनुभयो । हाल दुई जना स्टाफ नर्स र एक कार्यालय सहयोगी कार्यरत छन् ।
हुम्ला प्रतिनिधि नन्द सिंहका अनुसार ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको छ । कोभिड–१९ को जोखिम बढेकाले कात्तिक ११ गतेबाट नाका बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिनु भयो । बाजुरा जिल्लाको कवाडी नाका, मुगुको तीर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने मुख्य नाका पाँच दिनका लागि बन्द गरिएको हो । हुम्लामा अहिलेसम्म २३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने १४ जना निको भएका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…
परीक्षाको मुखमा विज्ञान शिक्षक नहुँदा विद्यार्थी पढाइबाट वञ्चित
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षकहरू पाउँनै मुस्किल हुन थालेको छ । सदरमुकाम तम्घास र छिमेकमा समेत मुख्य बिषयमा शिक्षकको सङ्कट रहेको छ । जसको कारण परीक्षाको…