कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १३ गते)
असार १३ गते १ हजार ३ सय ५३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३३ हजार ६ सय ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार १३ गते परीक्षण गरिएकामध्ये २३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार १३ गते २० वर्ष मुनिका १ सय ६६ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ५ लाख ८४ हजार ३ सय ३४ जना निको भएका छन् । असार १३ गते ३ हजार ७ जना निको भएका छन् भने निको हुनेको दर ९२.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार १३ गतेसम्म ९ हजार ९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार १३ गते ३४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ४० हजार ३ सय ३६ देखाइएको छ ।
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार जिल्ला कोभिड व्यवस्थापन समितिको असार १३ गते बसेको बैठकले असार २० गते राति १२ बजेसम्म निषेध आदेशको अवधि थप गरेको छ । स्वास्थ्य मापदण्ड पुरा गरी अत्यावश्यक कार्य गर्न भने पाइने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्योलस, स्वीमिङ्ग पुल, सपिङमल, मनोररञ्जनात्मक, सैलुन, व्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय र शैक्षिक संस्थाहरू सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार कर्णाली प्रदेशमा ९१ प्रतिशत कोभिड–१९ सङ्क्रमणका बिरामी निको भएका छन् । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डाक्टर रविन खड्काले असार १२ गतेसम्मको अवधिमा कूल २७ हजार ७ सय ३५ जनामा कोभिड सङ्क्रमण देखिएकोमा २५ हजार १ सय २९ जना अर्थात् ९१ प्रतिशत निको भइसकेको बताउनु भयो । पीसीआर विधिबाट १ लाख २० हजार तथा एन्टिेजन विधिबाट ३३ हजार ४ सय ८४ गरी प्रदेशभर कूल १ लाख ५३ हजार ७ सय ६२ जनाको कोभिड परीक्षण गरिएकोमा हालसम्म २७ हजार ७ सय ३५ जनामा कोभिड सङ्क्रमण देखिएको निर्देशक खड्काले बताउनु भयोे । गएको २४ घण्टामा प्रदेशभर १ सय १० जनामा कोभिड सङ्क्रमण पुष्टि हुनुका साथै तीन जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशमा हालसम्म कोभिड सङ्क्रमणबाट ३ सय ७ जनाको मृत्यु भएको छ ।
बझाङ प्रतिनिधि रमेश केसीका अनुसार कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेध आदेशका कारण आर्थिक अवस्था कमजोर भएका र ज्याला–मजदुरी गरी जीविकोपार्जन गर्ने परिवारहरूलाई बिहान–बेलुकाको छाक टार्न समेत समस्या भएको भन्दै असार १३ गते इन्सेक र मानव अधिकार रक्षक सञ्जाल, बझाङका पदाधिकारीहरूले प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीलाई १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । पत्रमा कोभिड विरुद्धको खोप सबै जनताले लगाउन पाउनु पर्ने, ग्रामीण क्षेत्रमा अझै रुघाखोकी, ज्वरोका बिरामीहरू धेरै भएकाले परीक्षणको दायरा बढाउनु पर्ने, सरकारले जारी गरेको निषेध आदेशका कारण ज्याला–मजदुरी गर्नेहरू मारमा परेकाले उनीहरूका लागि राहतका कार्यक्रम ल्याउनु पर्ने, दीर्घरोगीहरूलाई चाहिने आवश्यक औषधिको आपूर्ति गर्नु पर्ने, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, बालबालिका र महिलाको स्वास्थ्य सुरक्षाको स्थानीय तहबाट विशेष पहल गरिनु पर्ने, कालोबजारीका कारण दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै गएकाले बजार अनुगमनलाई तिव्रता दिनु पर्ने, असार पहिलो सातादेखि परेको अविरल वर्षाका कारण सेती नदी र जिल्लास्थित अन्य खोलाहरूले गरेको क्षतिको विवरण सङ्कलन गरी उनीहरूलाई राहत लगायतका सेवाहरूको व्यवस्था गर्नु पर्ने माग गराखिको मानव अधिकार सञ्जालका अध्यक्ष भिम रसाइलीले बताउनु भयो । इन्सेक र मानव अधिकार सञ्जालले राखेका मागहरू समय सान्दर्भिक भएकाले त्यसको कार्यान्वयनका लागि पहल गरिने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनु भयो ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार १३ गतेसम्म १२ हजार ३ सय ९ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार १३ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
लोडसेडिङ्गको समय बढाएपछि एसइई परिक्षा तयारीका विद्यार्थीलाई सास्ती
सदरमुकामस्थित सिमकोट गाउँपालिकामा दैनिक १६ घण्टा विद्युत लोडसेडिङ्ग हुँदा आगामी चैत १७ गतेदेखि सुरू हुने एसइई परिक्षाको तयारी गर्दै आएका विद्यार्थीहरूले सास्ती खेपेका छन् प्रत्येक दिन सदरमुकाम सिमकोटमा लोडसेडिङ्ग हुँदै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ कदमाहा टोलका ४२ वर्षीय बच्चु भनिने शिव शंकर चौधरी माघ १८ गते गिरफ्तार भएका छन् । आफ्नै पसलमा व्यपार गरेर बसिरहेकी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–२ दुहबी टोलका ४१ वर्षीय शनिदेव चौधरीलाई माघ १६ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले दिएको उजुरी दर्ता गर्दै इलाका प्रहरी…
डाक्टरको लापर्बाहीले अस्पतालमा सुत्केरीकको मृत्यु भएको आफन्तको आरोप
मरिण गाउँपालिका-४ वाक्सिङटारकी २७ वर्षीया सीता तामाङको उपचारको क्रममा सिन्धुली अस्पतालका डाक्टरको लापर्बाहीले ०७९ माघ १८ गते मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले माघ १८ गते अस्पताल परिसरमा विरोध प्रदर्शन…
बलात्कार घटनाका कसुरदारलाई १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा लालबन्दी नगरपालिका–११ का ३२ वर्षीय विकास कापर र लालबन्दी नगरपालिका–५ का २९ वर्षीय रमन कापरलाई जिल्ला अदालत सर्लाहीले माघ १७ गते १० वर्ष कैद…