कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १२ गते)
असार १२ गते १ हजार १ सय ७४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३२ हजार ३ सय २६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार १२ गते परीक्षण गरिएकामध्ये २५ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार १२ गते १९ वर्ष मुनिका १ सय ५९ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ४ हजार ७ सय ४ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ५ लाख ८१ हजार ३ सय २७ जना निको भएका छन् । असार १२ गते ४ हजार ९ सय १४ जना निको भएका छन् भने निको हुनेको दर ९१.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार १२ गतेसम्म ८ हजार ९ सय ७५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार १२ गते ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ४२ हजार २४ देखाइएको छ ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार १२ गतेसम्म ११ हजार ७ सय ५५ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार १२ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
तामाकोशी गाउँपालिका-७ की २९ वर्षीया बिमला सुनुवारलाई असोज २० गते कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३१ वर्षीय पति झपटबहादुर सुनुवारलाई गिरफ्तार गरेको छ । असोज २० गते बिहान घरैमा…
सामुदायिक स्वास्थ्य भवनमा क्षति पुगेपछि स्थानीय स्वास्थ्य सेवाबाट वञ्चित
लगातारको वर्षाका कारण तामाकोशी गाउँपालिका–५ किर्नेस्थित सामुदायिक स्वास्थ्य संस्थाको भवनमा पूर्ण क्षति पुगेपछि स्थानीय स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । धुलिखेल अस्पतालको सहयोगमा सञ्चालित सामुदायिक स्वास्थ्य क्लिनिक भवनको आधा भाग…
विद्यालय डुबानमा परेपछि पठनपाठनमा समस्या
असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले सुनकोशी गाउँपालिका-५ मुलकोटमा रहेको पशुपति आधारभुत विद्यालय डुबानमा परेको छ । विद्यालय नै पुरेपछि हालसम्म विद्यालयको पठनपनठन प्रभावित भएको छ । विद्यालयको भौतिक…
बलात्कार घटनाका आरोपित गिरफ्तार
बलात्कार घटनामा पर्वत जिल्ला अदालतले १८ वर्ष अघि १३ वर्ष जेल सजायको फैसला सुनाइएका पैयूँ गाउँपालिका-२ का ५८ वर्षीय भिमबहादुर सुनारलाई प्रहरीले १८ वर्षपछि असोज १६ गते गिरफ्तार गरेको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया र १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३० वर्षीय ठूलो बुबालाई प्रहरीले ०८१ असोज १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकाहरूलाई आरोपितले असोज ८ गते यौन…