कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ११ गते)
असार ११ गते १ हजार ७ सय २१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३१ हजार १ सय ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार ११ गते परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार ११ गते १९ वर्ष मुनिका २ सय ९ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ५ सय ८६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ५ लाख ७६ हजार ४ सय १३ जना निको भएका छन् । असार ११ गते ५ हजार ४ सय ५५ जना निको भएका छन् भने निको हुनेको दर ९१.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार ११ गतेसम्म ८ हजार ९ सय ४५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार ११ गते २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ४५ हजार ७ सय ४९ देखाइएको छ ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असार ११ गतेको बैठकले जिल्लामा जारी निषेध आदेशलाई केही खुकुलो गर्दै असार १८ गते राति १२ बजेसम्मका लागि निषेध आदेशको समय थप गरेको छ । केही खुकुलो प्रावधानसहित असार १८ गतेसम्म निषेध आदेशको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताउनु भयो । निषेध आदेशको समयमा खाद्यान्न र मासुजन्य पसल बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म, फलफूल र तरकारी पसल बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म र पुस्तक तथा कुषि सामग्रीका पसल भने बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन अनुमति हुने गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनु भएको छ ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार तमानखोला गाउँपालिकाको केन्द्र बोङगादोभान बजारमा एकै पटक १७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएपछि गाउँपलिकाले बजार क्षेत्रमा एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरएिको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको एण्टिजेन परीक्षणमा वडा नम्बर १ बोङगादोभान बजारमा मात्रै १७ जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण दर बृद्धि हुन थालेपछि गाउँपालिकाले असार ११ गतेदेखि असार १७ गते राति १२ बजेसम्मका लागि बजार क्षेत्र पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास लम्सालले बताउनुभयो ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार जिल्लामा असार १९ गतेसम्म निषेध आदेशको अवधि थपिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा असार १२ गते राति १२ बजेदेखि असार १९ गते राति १२ बजेसम्मका लागि निषेध आदेशको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभएको छ । जिल्लामा यसअघि जारी निषेध आदेश असार १२ गते राति १२ बजेसम्म सकिँदैछ ।
पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको असार ११ गते बसेको बैठकले असार २२ गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनु भयो । यस अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरू बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालनमा आउने र सबै खालका पसलहरू बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालनमा आउने छन् । सार्वजनिक सवारी साधन, विद्यालय, धार्मिक सङ्घ संस्था, शैलुन, पार्लर, होटल तथा रेष्टुरेन्ट सञ्चालनमा भने रोक लगाएको छ ।
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको असार १० गते बसेको बैठकले असार १७ गतेसम्म निषेध आदेश थप गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनु भयो । थप गरिएको अवधिमा बिहान ६ बजेदेखि २ बजेसम्म खाद्य, निर्माण सामग्री, वर्कसप, हार्डवेयर, भाँडा, पुस्तक, फेन्सी तथा तरकारी पसलहरू खुल्ला हुने र होटेल, रेष्टुरेन्ट तथा खाजा घर भने पूर्ण रूपमा बन्द हुने प्रमुख जिल्ला अधिकारी रिजालले बताउनु भयो । निषेध आदेशको अवधिमा बैङ्क तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू भने खुल्ला हुने छन् ।
मुगु प्रतिनिधि जिवन सेजुवालका अनुसार जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको असार १० गते बसेको बैठकले राति १२ बजेदेखि लागु हुने गरी असार १५ गतेसम्मको लागि निषेध आदेशको अवधि थप गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा कोभिडका कारण चार जनाको मृत्यु भइसकेको छ ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार ११ गतेसम्म ११ हजार १ सय ६२ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार ११ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ११ गते)
जेठ ११ गते चार जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय ८९…
तीन बर्षदेखि सम्पर्कमा नआएका बुवाको खोजीमा सहयोग गरिदिन छोरीको अनुरोध
रोजगारीको लागि ठेकदारसँग डोल्पा गएका सल्यानका एक व्यक्ति तीन बर्षदेखि सम्पर्कमा नआएपछि उनको खोजी कार्यमा सहयोग गरीदिन पीडित परिवारले सरोकारवालाई अनुरोध गरेको छ । डोल्पाको दुनैमा घर प्लास्टर गर्ने कामका…
यौन दुर्व्यवहार घटनाका आरोपितद्वारा आत्महत्या
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपित भिमदत्त नगरपालिका–२ महुलियाका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको पङ्खामा झुण्डिएर जेठ १० गते आत्महत्या गरेका छन् । जेठ १० गते समान किन्न…
रोल्पा कारागारमा कैदीको मृत्यु प्रकरण, मृतक सुर्खेतका शाह नभइ बाँकेका हरिजनको भएको खुलासा
रोल्पा कारगारमा जेठ ४ गते झुण्डिएको अवस्थामा मृत भेटिएका भनिएका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयविक्रम शाह नभइ बाँके जिल्ला नेपालगञ्ज उपमनपा–२ का सुन्दर हरिजन भएको खुलेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ रङ्गशालाका ५९ वर्षीय रुपनाथ ढकाललाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले खाजा खुवाउने प्रलोभन देखाएर जेठ ७…