कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १० गते)
असार १० गते १ हजार ५ सय ७७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख २९ हजार ४ सय ३१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार १० गते परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार १० गते १९ वर्ष मुनिका १ सय ७६ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार २ सय ३५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ५ लाख ७० हजार ९ सय ५८ जना निको भएका छन् । असार १० गते २ हजार ५ सय १८ जना निको भएका छन् भने निको हुनेको दर ९०.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार १० गतेसम्म ८ हजार ९ सय १८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार १० गते २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ४९ हजार ५ सय ५५ देखाइएको छ ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लामा जारी निषेध आदेशको समय असार १७ गतेसम्मका लागि थप गरिएको छ । कोभिड–१९ को सङ्क्रमण तथा जोखिम न्यूनीकरणका लागि प्रशासनले जारी राखेको निषेध आदेशको समय असार १७ गतेसम्मका लागि कायम गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले बताउनु भयो । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असार १० गतेको बैठकले निषेध आदेशको समयमा खाद्यान्नलगायतका पसल बिहान १० बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनु भएको छ ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार कोभिड–१९ सङ्क्रमण र रोगथामका लागि अस्पतालमा महत्वपूर्ण पूर्वाधार मानिएको अक्सिजन प्लान्ट निर्माण सम्पन्न भई ०७८ असार १० गतेबाट उत्पादन सुरु भएको छ । बागमती प्रदेश सरकारको ४० लाखको लागतमा अक्सिजन प्लान्ट निर्माण गरिएको थियो । सो अक्सिजन प्लान्टले प्रतिमिनेट ८५ देखि ९० लिटरसम्मको अक्सिजन उत्पादन गर्ने उक्त उत्पादित अक्सिजन पाइपलाइनबाट अस्पतालको आइसीयू कक्ष र अन्य वार्डमा रहेका बेडबेडमा पुर्याइएको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट त्रिभुवनचन्द्र झाले बताउनुभयो । भेन्टिलेटर सेवा, आइसीयू सेवा, हृदयघातसम्मको उपचार धादिङ अस्पतालमा सुरु भएको र अब मिर्गौला रोगीहरुले डायलासिस सेवा समेत सुरु गरिने योजनासहित काम भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताउनु भयो ।
चितवन प्रधिनिधि दिपेन्द्र अधिकारीका अनुसार कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी निषेध आदेशलाई जिल्ला प्रशासन कार्यालयले केही खुकुलो बनाउँदै असार १० गते राति १२ बजेपछि असार १७ गतेसम्मका लागि थप गरेको छ । कोभिड व्यवस्थापन समितिको बैठकले असार ९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । यसैगरी, भाँडा, कपडा, फेन्सी, कस्मेटिक तथा गिफ्ट, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सुनचाँदि, फर्निचर, अटोमोबाइल, मोटरपार्टस्, जुत्ता चप्पल, टेलरिङ र प्रेस तथा फोटोकपी पसलहरु हप्ताको आइतबार, मङगलबार र बिहिबार दिउँसो १२ बजेदेखि ४ बजेसमम्म मात्रै सञ्चालन हुन पाउने छन् । होटल रेष्टुरेन्ट तथा मिठाइ पसलले बेलुका ६ बजेसम्म मात्रै टेकअवे सेवा सञ्चालन गर्न पाउने छन् ।
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार कोभिड–१९ विरूद्धको पहिलो डोज खोप लगाएका कर्णाली प्रदेशका ८१ हजारभन्दा बढी नागरिक दोस्रो डोजको खोप लगाउनबाट वञ्चित भएका छन् । पहिलो डोज लगाएका नागरिकहरूले निश्चित समयावधि भित्रै दोस्रो डोजको खोप लगाउनु पर्ने भएपनि भारतले कोभिड–१९ विरूद्धको कोभिसिल्ड खोप निर्यातमा रोक लगाएपछि दोस्रो डोज खोप अभियान प्रभावित भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका निर्देशक डाक्टर रविन खड्काले बताउनु भयो । गत फागुन २३ गतेदेखि चैत २ गतेसम्म खोप लगाएका नागरिकहरूलाई ८ देखि १२ हप्ताभित्रै खोप लगाइ सक्नु पर्ने भएपनि १४ हप्ता बित्न लाग्दा समेत खोप उपलब्ध नभएको र उनीहरूलाई खोप लगाउने बारेमा अन्यौल रहेको निर्देशक खड्काले बताउनु भयो । निर्देशक खड्काका अनुसार पहिलो डोज लगाएका मुगुका ३ हजार १ सय ३५, डोल्पाका २ हजार ५ सय ८२, हुम्लाका ३ हजार ७ सय ७१, जुम्लाका ६ हजार ५ सय ७०, सल्यानका ९ हजार ९ सय ७७, दैलेखका १३ हजार ७ सय ७२, रूकुम पश्चिका ७ हजार ३ सय ९४ जाजरकोटका ७ हजार ८ सय १३, कालिकोटका ६ हजार १ सय ६७ र सुर्खेतका १९ हजार ९ सय ३२ जना नागरिकहरूले हालसम्म दोस्रो डोजको खोप लगाउन पाएका छैनन ।
दैलेख प्रतिनिधि अमर सुनारका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा असार १० गते बसेको बैठकले असार ११ गतेदेखि असार १७ गतेसम्मका लागि निषेध आदेश थप गरेको छ । निषेध आदेशको अवधिमा खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुहरू किनबेच हुने पसलहरू बिहान ६ बजेदेखि ४ बजेसम्म र बैङ्क वित्तीय संस्थाहरू र गैर सरकारी संस्थाहरू बिहान १० देखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले बताउनु भयो । अत्यावश्यक कामले हिँड्नुपर्नेहरूको औचित्य पुष्टि गरेर सार्वजनिक यातायातका साधनहरूलाई आवागमन गर्न दिने, तालिम, गोष्ठी, सभा, समारोह, सम्मेलन जस्ता भेला, मनोरञ्जनको जमघटहरू, शैक्षिक संस्था, धार्मिक पूजाआजा, जिमखाना लगायतमा भिडभाड गर्न नदिने र यसको पालना भए नभएको अनुगमन गरिने दैलेखका डिएसपी अनुपम श्रेष्ठले बताउनु भयो ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार १० गतेसम्म १० हजार ७ सय २८ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार १० गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
लोडसेडिङ्गको समय बढाएपछि एसइई परिक्षा तयारीका विद्यार्थीलाई सास्ती
सदरमुकामस्थित सिमकोट गाउँपालिकामा दैनिक १६ घण्टा विद्युत लोडसेडिङ्ग हुँदा आगामी चैत १७ गतेदेखि सुरू हुने एसइई परिक्षाको तयारी गर्दै आएका विद्यार्थीहरूले सास्ती खेपेका छन् प्रत्येक दिन सदरमुकाम सिमकोटमा लोडसेडिङ्ग हुँदै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ कदमाहा टोलका ४२ वर्षीय बच्चु भनिने शिव शंकर चौधरी माघ १८ गते गिरफ्तार भएका छन् । आफ्नै पसलमा व्यपार गरेर बसिरहेकी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–२ दुहबी टोलका ४१ वर्षीय शनिदेव चौधरीलाई माघ १६ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले दिएको उजुरी दर्ता गर्दै इलाका प्रहरी…
डाक्टरको लापर्बाहीले अस्पतालमा सुत्केरीकको मृत्यु भएको आफन्तको आरोप
मरिण गाउँपालिका-४ वाक्सिङटारकी २७ वर्षीया सीता तामाङको उपचारको क्रममा सिन्धुली अस्पतालका डाक्टरको लापर्बाहीले ०७९ माघ १८ गते मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले माघ १८ गते अस्पताल परिसरमा विरोध प्रदर्शन…
बलात्कार घटनाका कसुरदारलाई १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा लालबन्दी नगरपालिका–११ का ३२ वर्षीय विकास कापर र लालबन्दी नगरपालिका–५ का २९ वर्षीय रमन कापरलाई जिल्ला अदालत सर्लाहीले माघ १७ गते १० वर्ष कैद…