कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ५ गते)
असार ५ गते १ हजार ६ सय ८८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख १९ हजार ६ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार ५ गते परीक्षण गरिएकामध्ये २४ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार ५ गते १९ वर्ष मुनिका १ सय ८७ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार १० ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ५ लाख ५३ हजार ३ सय ४२ जना निको भएका छन् । असार ५ गते ३ हजार ६ सय ६० जना निको भएका छन् भने निको हुनेको दर ८९.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार ५ गतेसम्म ८ हजार ६ सय ७५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार ५ गते ३४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ५७ हजार ६ सय १८ देखाइएको छ ।
मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, दोलखा, रामेछाप, कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ, बागलुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, रोल्पा, सुर्खेत, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार निषेधाज्ञा लगत्तै बन्द भएको भरतपुर अस्पतालको ओपिडी सेवा असार ६ गतेबाट पुनः सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । कोभिड–१९ सङ्क्रमितको उपचारका लागि भन्दै अस्पतालले ओपिडी सेवा वैशाख १७ गतेबाट बन्द गरेको थियो । हाल कोभिड–१९ सङ्क्रमितको सङ्ख्या घटेर अवस्था सामान्यतर्फ उन्मुख भएको भन्दै अस्पतालले ओपिडी सेवा दिने निर्णय गरेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रोशन न्यौपानेले बताउनु भयो । यसअघि सामान्य अवस्थामा दैनिक १ हजार २ सय जनासम्मले ओपिडी सेवा लिने गरेका थिए ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार ५ गतेसम्म ८ हजार २ सय ७४ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार ५ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
तीन बर्षदेखि सम्पर्कमा नआएका बुवाको खोजीमा सहयोग गरिदिन छोरीको अनुरोध
रोजगारीको लागि ठेकदारसँग डोल्पा गएका सल्यानका एक व्यक्ति तीन बर्षदेखि सम्पर्कमा नआएपछि उनको खोजी कार्यमा सहयोग गरीदिन पीडित परिवारले सरोकारवालाई अनुरोध गरेको छ । डोल्पाको दुनैमा घर प्लास्टर गर्ने कामका…
यौन दुर्व्यवहार घटनाका आरोपितद्वारा आत्महत्या
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपित भिमदत्त नगरपालिका–२ महुलियाका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको पङ्खामा झुण्डिएर जेठ १० गते आत्महत्या गरेका छन् । जेठ १० गते समान किन्न…
रोल्पा कारागारमा कैदीको मृत्यु प्रकरण, मृतक सुर्खेतका शाह नभइ बाँकेका हरिजनको भएको खुलासा
रोल्पा कारगारमा जेठ ४ गते झुण्डिएको अवस्थामा मृत भेटिएका भनिएका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयविक्रम शाह नभइ बाँके जिल्ला नेपालगञ्ज उपमनपा–२ का सुन्दर हरिजन भएको खुलेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ रङ्गशालाका ५९ वर्षीय रुपनाथ ढकाललाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले खाजा खुवाउने प्रलोभन देखाएर जेठ ७…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पा जिल्ला लुङ्ग्री गाउँपालिका–५ लुङ्ग्री स्थायी घरभई बुटवल उपमहानपा–९ बस्ने २० वर्षीय शिशिर बुढाथोकीलाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई…