कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ३ गते)
असार ३ गते १ हजार ७ सय ६८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख १५ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार ३ गते परीक्षण गरिएकामध्ये २३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार ३ गते १९ वर्ष मुनिका २ सय १४ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ७ सय ११ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ५ लाख ४५ हजार ६ सय ६२ जना निको भएका छन् । असार ३ गते २ हजार १ सय ४१ जना निको भएका छन् भने निको हुनेको दर ८८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार ३ गतेसम्म ८ हजार ५ सय ९७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार ३ गते ३९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ६१ हजार ७ सय २५ देखाइएको छ ।
मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, दोलखा, रामेछाप, कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ, बागलुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, रोल्पा, सुर्खेत, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ ३१ गते साँझसम्म ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ । असार १ गते र २ गते गृह मन्त्रालयले यससम्बन्धमा सूचना जारी गरेको छैन ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि जारी गरिएको निषेध आदेशको समय असार ११ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असार ३ गतेको बैठकले असार ३ गते राति १२ बजेदेखि असार ११ गते राति १२ बजेसम्मको लागि निषेध आदेशको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताउनु भएको छ । निषेध आदेशको समयमा बिहान ९ बजेसम्म खाद्यान्नलगायतका पसल सञ्चालन अनुमति दिइएको छ ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालय चितवनले निषेध आदेशको अवधि थपेको छ । जिल्ला सङ्कट व्यवस्थापन समितिले समय थपका लागि सिफारिस गरेकाले असार १० गतेसम्मका लागि निषेध आदेशको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । यसअघि थपिएको निषेध आदेश असार ३ गते सकिएको छ । पुस्तक पसल, डिर्पाटमेन्टल स्टोर, वर्कशप, बैङ्क समय तोकेर खोल्न दिइएको छ ।
दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार कोभिड माहामारीकै क्रममा सरकारले जारी गरेको निर्देशन अनुसार विद्यार्थी भर्ना अभियान, परीक्षाफल प्रकाशन लगायतका कार्यहरू शिक्षकहरूले गरिहेको भएपनि शिक्षकहरू खोपबाट वञ्चित भएको भन्दै नेपाल शिक्षक महासङ्घ, दार्चुलाले विद्यालयमा कार्यरत कर्मचारी र शिक्षकलाई कोभिड–१९ विरुद्धको खोप व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीमार्फत माग गरेका छन् । नेपाल शिक्षक महासङ्घका जिल्ला अध्यक्ष राजेशसिंह सामन्त र सहअध्यक्ष विनोदसिह कुँवरले असार ३ गते प्रमुख जिल्ला अधिकारी जोशीलाई भेटेर यथाशीघ्र शिक्षक कर्मचारीका लागि कोभिड विरुद्धको खोप व्यवस्थापन गर्न माग पत्र पेस गरेका हुन् । कोभिडको जोखिमका बिचमा विद्यालयमा गएर विद्यार्थीको उत्तर पुस्तिका परीक्षणदेखि नतिजा प्रकाशन र नियमित काम गर्नु परे पनि अहिलेसम्म खोप नपाएको शिक्षक महासङ्घ, दार्चुलाका सहअध्यक्ष विनोदसिंह कुँवरले गुनासो गर्नुभयो । जिल्लाभरीका शिक्षकहरूले खोप पाएका छैनन्, जिल्लामा खोप मौज्दात हुँदा पनि शिक्षक प्राथमिकतामा नपर्नु राज्यको हेर्ने दृष्टिकोण विभेदपूर्ण भएको उहाँले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी जोशीलाई हस्तान्तरण गरिएको मागपत्रमा विद्यालय सञ्चालन अगावै खोप व्यवस्थापन हुन नसके विद्यालयको नियमित कामकाज हुन नसक्ने र खोप अभियानमा १८ वर्षमाथिका विद्यार्थीहरुलाई पनि खोप कार्यक्रममा समेट्न आग्रह गरिएको नेपाल शिक्षक महासङ्घका जिल्ला अध्यक्ष सामन्तले बताउनु भयो । जिल्लामा अहिलेसम्म सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक र कर्मचारीले कोभिड विरुद्धको खोप पाएका छैनन् ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार ३ गतेसम्म ७ हजार १ सय ७७ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार ३ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिकः एक माध्यमिक विद्यालय, एक नर्स
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै 'एक माध्यमिक विद्यालय, एक नर्स' कार्यक्रमलाई विस्तार गर्ने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-५ का २० वर्षीय दिनेश भुजेललाई प्रहरीले ०८० जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २७ गते विवाह गर्ने…
प्रहरीको कुटपिटबाट तीनजना प्रदर्शनकारी घाइते
सुर्खेतको वीरेन्द्रनगरमा जेठ १४ गते प्रहरीको कुटपिट र लाठी प्रहारबाट तीनजना प्रदर्शनकारी घाइते भएका छन् । घाइते हुनेमा हुम्लाको ताजाकोट गाउँपालिका–३ का ३२ वर्षीय टिका शाही, सोही गाउँपालिका–४ डल्लाबाडाका ३७ वर्षीया…
कर्णाली प्रदेश सभाका विषयगत समितिहरूमा सभापति चयन
कर्णाली प्रदेश सभामा रहेका सबै विषयगत समितिहरूको सभापति चयन गरिएको छ । जेठ १४ गते भएको समितिका सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध चयन भएका हुन् । कर्णाली प्रदेश सभामा चार…
अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान
अन्नपुर्ण गाउँपालिका–८ राम्चेका शारीरिक रूपमा अपाङ्गता भएका भविन्द्रलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीकी सहायक प्रमुख जिल्ला अधिकारी प्रतिज्ञा सुवेदीले घरमै पुगेर जेठ १३ गते नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हाे ।…