कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २९ गते)
जेठ २९ गते २ हजार ३ सय ८२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ६ हजार ७ सय ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ २९ गते परीक्षण गरिएकामध्ये २८ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ २९ गते १९ वर्ष मुनिका ३ सय १३ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार ५ सय ६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ५ लाख २७ हजार १ सय ११ जना निको भएका छन् । जेठ २९ गते ६ हजार २ सय ९५ जना निको भएका छन् भने निको हुनेको दर ८६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ २९ गतेसम्म ८ हजार ३ सय ६६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ २९ गते ६१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ७१ हजार ३ सय १ देखाइएको छ ।
मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, दोलखा, रामेछाप, कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ, लमजुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम, रोल्पा, सुर्खेत, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ २९ गते बिहानसम्म ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।
रोल्पा प्रतिनिधि तिलक घर्ती मगरका अनुसार रोल्पा अस्पतालमा भवन अभाव हुँदा कोभिड सङ्क्रमितहरूलाई उपचारमा समस्या भएको छ । कोभिड सङ्क्रमितहरूलाई छाप्रो मुनि बेड थपेर उपचार भइरहेको छ । जम्मा १५ शैयाको अस्पतालमा अहिले थप गरेर ५७ वटा बेडको व्यवस्थापन गरिएको छ । जसमध्ये २४ ओटा आइसोलेशनका लागि छुट्याइएको छ भने बाँकी शैयामा अन्य बिरामीहरू राखिएको रोल्पा अस्पतालका डाक्टर प्रकाशबहादुर बुढाले बताउनु भयो । अस्पताललाई ५० शैयामा स्तरोन्ती गर्न दुई वर्ष अघि नै भवन निर्माण सुरु गरिएको भएपनि समयमै भवन नबन्दा महामारीको अवस्थामा अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ । केही दिन अघि अक्सिजन, एन्टिजेन लगायतका स्वास्थ्य सामग्री अभाव भएता पनि अहिले उक्त समस्या नरहेको डाक्टर बुढाले बताउनु भयो ।
जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार चन्दननाथ नगरपालिका–७ स्थित सदरमुकाम खलङ्गा बजारसँग जोडिएको मिचा गाउँमा कोरोना सङ्क्रमण बढेपछि सील गरिएको छ । जिल्ला सुरक्षा समितिको जेठ २९ गतेको बैठकले जेठ २८ गते साँझदेखि गाउँमा व्यक्तिको आवत–जावतमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनु भयो । चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार मिचा गाउँमा १९ जना र महत गाउँमा ६ जना सङ्क्रमित छन् ।
हुम्ला प्रतिनिधि नन्द सिंहका अनुसार संस्थागत आइसोलेशनमा बसेका सङ्क्रमितहरूले आफूहरूलाई कुनै पनि राम्रो सुविधा नदिइएको गुनासो गरेका छन् । खार्पुनाथ गाउँपालिकाका एक सङ्क्रमितका अनुसार राम्रोसँग खाना नपाइएको, पानी दिने मान्छे पनि नहुने, घाम ताप्न समेत नपाइने लगायतका समस्या भएपछि आफ्नो स्वास्थ्य झन जटिल भएको दुःखेसो पोख्नु भयो । यसैगरी, खाने कुरा किनेर दिनु भनेर आग्रह गर्दा पनि हेपाहा दृष्टिकोणले हेर्ने गरेको खार्पुनाथ गाउँपालिका–४ को नल्ल आइसोलेशनमा बसेका एक ज्येष्ठ नागरिकको भनाइ छ । आइसोलेशनमा गाँस, बास, कपास र उपचारको कमी नभएको साथै स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था गरेको खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले बताउनु भयो ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ २९ गतेसम्म ४ हजार ६ सय १४ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ २९ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार कसुरमा ७ वर्ष कैद र २ लाख जरिवाना सजायको फैसला
४९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बरेङ गाउँपालिका–२ पोखराचौरका ४६ वर्षीय टिकाराम क्षेत्रीलाई ७ वर्ष कैद सजाय फैसला गरेको छ । २०७७ माघ २८ गते महिलालाई बलात्कार गरेको…
लोडसेडिङ्गको समय बढाएपछि एसइई परिक्षा तयारीका विद्यार्थीलाई सास्ती
सदरमुकामस्थित सिमकोट गाउँपालिकामा दैनिक १६ घण्टा विद्युत लोडसेडिङ्ग हुँदा आगामी चैत १७ गतेदेखि सुरू हुने एसइई परिक्षाको तयारी गर्दै आएका विद्यार्थीहरूले सास्ती खेपेका छन् प्रत्येक दिन सदरमुकाम सिमकोटमा लोडसेडिङ्ग हुँदै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ कदमाहा टोलका ४२ वर्षीय बच्चु भनिने शिव शंकर चौधरी माघ १८ गते गिरफ्तार भएका छन् । आफ्नै पसलमा व्यपार गरेर बसिरहेकी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–२ दुहबी टोलका ४१ वर्षीय शनिदेव चौधरीलाई माघ १६ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले दिएको उजुरी दर्ता गर्दै इलाका प्रहरी…
डाक्टरको लापर्बाहीले अस्पतालमा सुत्केरीकको मृत्यु भएको आफन्तको आरोप
मरिण गाउँपालिका-४ वाक्सिङटारकी २७ वर्षीया सीता तामाङको उपचारको क्रममा सिन्धुली अस्पतालका डाक्टरको लापर्बाहीले ०७९ माघ १८ गते मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले माघ १८ गते अस्पताल परिसरमा विरोध प्रदर्शन…