कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २८ गते)
जेठ २८ गते २ हजार ७ सय ९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ४ हजार ३ सय ९६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ २८ गते परीक्षण गरिएकामध्ये २८ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ २८ गते १९ वर्ष मुनिका २ सय ९२ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ५ सय ९८ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ५ लाख २० हजार ८ सय १६ जना निको भएका छन् । जेठ २८ गते ५ हजार २ सय २५ जना निको भएका छन् भने निको हुनेको दर ८६.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ २८ गतेसम्म ८ हजार ३ सय ५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ २८ गते ६७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ७५ हजार २ सय ७५ देखाइएको छ ।
मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, दोलखा, रामेछाप, कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ, लमजुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम, रोल्पा, सुर्खेत, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ २६ गते साँझसम्म ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ । जेठ २७ गते र २८ गते यससम्बन्धमा गृह मन्त्रालयले कुनै सूचना जारी गरेको छैन ।
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूका लागि चिन सरकारले सङ्घीय सरकारलाई उपलब्ध गराएको कोभिड—१९ विरुद्धको भेरोसेल खोप जिल्लाका १३ ओटै पालिकाहरूमा जेठ २५ गतेदेखि २७ गतेसम्म लगाउन सुरु गरेको भएपनि अन्य उमेर समूहका नागरिकहरूले खोप लगाउँदा आफूहरू खोप पाउनबाट वन्चित भएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । सुदूरपश्चिम प्रदेशको लागि प्राप्त ८४ हजार डोज खोपमध्ये कैलाली जिल्लामा १३ हजार ६ सय १० डोज खोप जिल्लाका १३ ओटै पालिकामा तोकेको खोप केन्द्रबाट लगाउन सुरु गरिएको भएपनि आफूले खोप लगाउन नपाएको धनगढी उपमहानगरपालिका—८ का ६४ वर्षीय दयाराम रानाले गुनासो गर्नु भयो । ज्येष्ठ नागरिकहरूका लागि आएको खोपलाई अन्य उमेर समूहका व्यक्तिहरुलाई पनि खोप उपलब्ध गराएकोले आफूले खोप पाउन नसकेको धनगढी उपमहानगरपालिका—८ की ६३ वर्षीया मुलिया रानाले गुनासो गर्नु भयो । धनगढी उपमहानगरपालिका—१ की ६४ वर्षीया सेतुदेवी कामीले कोभिड विरुद्धको खोप ल्याइएको भन्ने सुनेको भएपनि ज्येष्ठ नागरिकहरूका लागि मात्रै हो भनेर कसैले जानकारी नगराएकाले खोप लगाउनबाट वन्चित भएको गुनासो गर्नु भयो । कोभिड विरुद्धको खोप लक्षित वर्ग ६० देखि ६४ वर्ष उमेर समूहका भन्दा अन्य उमेर समूहका बढी नागरिकहरूले खोप लगाउँदा लक्षित वर्गलाई खोप नपुगेको जिल्ला स्वास्थ्य कार्यालय, कैलालीका प्रमुख लालबहादुर धामीले बताउनु भयो । उहाँले भन्नु भयो– ‘कैलालीमा २५ हजार बन्दा बढी ज्येष्ठ नागरिकहरूको सङ्ख्या रहेकोमा ५५ वर्ष उमेर भन्दा माथिका ११ हजारले पहिलो चरणमा खोप लगाए । दोस्रो चरणमा खोप पनि कम मात्रामा आयो । फ्रन्टलाइनमा काम गर्ने नेपाल प्रहरी, पत्रकार, सरसफाइ गर्ने कर्मचारी लगायत अन्य नागरिकहरूले पनि खोप लगाउँदा लक्षित वर्गका सबै नागरिकहरुलाई खोप पुर्याउन सकिएन ।’
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ २८ गतेसम्म ४ हजार ३ सय ६४ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ २८ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ११ गते)
जेठ ११ गते चार जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय ८९…
तीन बर्षदेखि सम्पर्कमा नआएका बुवाको खोजीमा सहयोग गरिदिन छोरीको अनुरोध
रोजगारीको लागि ठेकदारसँग डोल्पा गएका सल्यानका एक व्यक्ति तीन बर्षदेखि सम्पर्कमा नआएपछि उनको खोजी कार्यमा सहयोग गरीदिन पीडित परिवारले सरोकारवालाई अनुरोध गरेको छ । डोल्पाको दुनैमा घर प्लास्टर गर्ने कामका…
यौन दुर्व्यवहार घटनाका आरोपितद्वारा आत्महत्या
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपित भिमदत्त नगरपालिका–२ महुलियाका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको पङ्खामा झुण्डिएर जेठ १० गते आत्महत्या गरेका छन् । जेठ १० गते समान किन्न…
रोल्पा कारागारमा कैदीको मृत्यु प्रकरण, मृतक सुर्खेतका शाह नभइ बाँकेका हरिजनको भएको खुलासा
रोल्पा कारगारमा जेठ ४ गते झुण्डिएको अवस्थामा मृत भेटिएका भनिएका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयविक्रम शाह नभइ बाँके जिल्ला नेपालगञ्ज उपमनपा–२ का सुन्दर हरिजन भएको खुलेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ रङ्गशालाका ५९ वर्षीय रुपनाथ ढकाललाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले खाजा खुवाउने प्रलोभन देखाएर जेठ ७…