कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २६ गते)
जेठ २६ गते ३ हजार ४ सय ४९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ९८ हजार ८ सय १३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ २६ गते परीक्षण गरिएकामध्ये २९ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.८ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ २६ गते १९ वर्ष मुनिका ४ सय ३ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा १२ हजार ४७ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ५ लाख १० हजार २ सय ९८ जना निको भएका छन् । जेठ २६ गते ५ हजार ७ सय ६८ जना निको भएका छन् भने निको हुनेको दर ८५.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ २६ गतेसम्म ८ हजार १ सय ७९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ २६ गते ८१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ८० हजार ३ सय ३६ देखाइएको छ ।
मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, कास्की, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, लमजुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम, रोल्पा, सुर्खेत, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ २६ गते साँझसम्म ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।
प्रदेश १
सोलुखुम्बु प्रतिनिधि भोजराज कार्कीका अनुसार जिल्लामा कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जारी रहेको निषेध आदेशको समय थप गरिएको छ । जेठ ३१ गतेसम्मका लागि निषेध आदेश थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाले बताउनु भएको छ । सोलुखुम्बुमा वैशाख २६ गतेदेखि प्रशासनले निषेध आदेश जारी गर्दै आएको छ ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार इनरूवा नगरपालिका–२ गते ६२ वर्षदेखि ६५ वर्ष उमेर समूहका लागि सञ्चालन गरेको कोभिड–१९ विरूद्धको खोप कार्यक्रम वडा–२ मा जेठ २६ गते प्रभावित भएको छ । खोप केन्द्र तोकिएको इनरूवा अस्पतालमा खोप लगाउन माग गर्दै उमेर तोकिएका बाहेकका व्यक्तिले अवरोध गरेपछि आधा समय मात्र खोप अभियान सञ्चालन गरेको वडाध्यक्ष सुरेन्द्रप्रसाद यादवले बताउनु भएको छ । खोप लगाइरहेको अवस्थामा तोकिएको उमेर बाहेकका स्थानीयले खोप केन्द्र घेराऊ गरेपछि तीन जना नेपाल प्रहरी र ६ जना नगर प्रहरीको तैनाथीमा खोप लगाइएको वडाध्यक्ष यादवले बताउनु भयो । खोप लगाउन माग गर्दै स्थानीयले अवरोध गरेपछि ४ बजेसम्म तोकिएको खोप कार्यक्रम दिउँसो २ बजे स्थगन गरेको वडाध्यक्ष यादवको भनाइ छ । जेठ २६ गते खोप लगाउन नपाएका १८ जनालाई जेठ २७ गते खोप लगाइने भएको छ ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जिल्ला प्रसाशन कार्यालयले जारी गरेको निषेध आदेशको समय थप गरिएको छ । जेठ २६ गतेदेखि असार ३ गतेसम्मका लागि निषेध आदेशको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दहालले बताउनु भएको छ । वैशाख २० गतेदेखि प्रशासनले जिल्लामा निषेध आदेश जारी गर्दै आएको छ । निषेध आदेशको समयमा दैनिक उपभोग्य वस्तुका पसल बिहान ७ देखि १० बजेसम्म सञ्चालनका लागि अनुमति हुने प्रशासनले जनाएको छ ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि खाँदबारी नगरपालिकाले वडा–२ मा असार ८ गतेसम्मका लागि सील गरेको छ । वडा–२ को पूर्वी बेतिनी टोल, खोरिया टोल, अरूण उपत्यका टोल र भद्रकाली टोलमा कोभिड–१९ को सङ्क्रमण रोक्नका लागि जेठ २५ गतेदेखि सील गरिएको वडाध्यक्ष ज्ञानबहादुर श्रेष्ठले बताउनु भएको छ ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार कोभिड–१९ को सङ्क्रमण तथा जोखिम निन्त्रणका लागि जारी गरिएको निषेध आदेशको समय थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको जेठ २६ गतेको बैठकले निषेध आदेशको समय जेठ मसान्तसम्मका लागि थप गरिएको हो । जिल्लामा कोभिड–१९ को जोखिम कायमै रहेकाले निषेध आदेशको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताउनु भएको छ ।
प्रदेश २
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको जेठ २६ गते बसेको बैठकले जेठ ३१ गतेसम्मका लागि निषेध आदेश थप गर्ने निर्णय गरेको छ । वैशाख १६ गतेदेखि जारी निषेध आदेशलाई निरन्तरता दिँदै बैठकले जेठ ३१ गते सम्मका लागि समयावधि थप गरेको हो । यसअघि जेठ २६ गते राति १२ बजे सम्मका लागि निषेध आदेश जारी गरिएको थियो ।
बागमती प्रदेश
रामेछाप प्रतिनिधि नवराज घिमिरेका अनुसार असार २ गतेसम्मका लागि निषेध आदेशको अवधि थप गरिएको छ । यसअघि जारी गरिएको निषेध आदेश जेठ २६ गते राति १२ बजेबाट सकिने भएपछि स्थानीय प्रशासनले असार २ गतेसम्मका लागि निषेध आदेश थपेको हो । जिल्ला सुरक्षा समितिको जेठ २५ गतेको बैठकको निर्णय अनुसार सात दिनको लागि निषेध आदेशको अवधि थपिएको प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले जानकारी दिनुभयो ।
दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार कोभिड सङ्क्रमितको सङ्ख्या बढेको भन्दै न्यूनीकरणका लागि गौरीशङ्कर गाउँपालिका–८ खारेलाई एक साताका लागि सील गरिएको छ । जारी निषेध आदेशका बिच गाउँपालिकामा मानिसहरूको आवातजावत बढेको र त्योसँगै गाउँपालिकाको वडा नम्बर खारेमा भने कोभिड सङ्क्रमित समेत बढेको भन्दै एक साताका लागि बढी सङ्क्रमित देखिएको वडा सील गरिएको गाउँपालिकाका अध्यक्ष स्वयम्बहादुर खड्काले बताउनु भयो । सील गरिएको अवस्थामा अत्यावश्यक काम बाहेक वडाबासीलाई घर बाहिर निस्कन पुर्ण रूपमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ २६ गतेसम्म ३ हजार ७ सय ६२ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ २६ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार कसुरमा ७ वर्ष कैद र २ लाख जरिवाना सजायको फैसला
४९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बरेङ गाउँपालिका–२ पोखराचौरका ४६ वर्षीय टिकाराम क्षेत्रीलाई ७ वर्ष कैद सजाय फैसला गरेको छ । २०७७ माघ २८ गते महिलालाई बलात्कार गरेको…
लोडसेडिङ्गको समय बढाएपछि एसइई परिक्षा तयारीका विद्यार्थीलाई सास्ती
सदरमुकामस्थित सिमकोट गाउँपालिकामा दैनिक १६ घण्टा विद्युत लोडसेडिङ्ग हुँदा आगामी चैत १७ गतेदेखि सुरू हुने एसइई परिक्षाको तयारी गर्दै आएका विद्यार्थीहरूले सास्ती खेपेका छन् प्रत्येक दिन सदरमुकाम सिमकोटमा लोडसेडिङ्ग हुँदै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ कदमाहा टोलका ४२ वर्षीय बच्चु भनिने शिव शंकर चौधरी माघ १८ गते गिरफ्तार भएका छन् । आफ्नै पसलमा व्यपार गरेर बसिरहेकी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–२ दुहबी टोलका ४१ वर्षीय शनिदेव चौधरीलाई माघ १६ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले दिएको उजुरी दर्ता गर्दै इलाका प्रहरी…
डाक्टरको लापर्बाहीले अस्पतालमा सुत्केरीकको मृत्यु भएको आफन्तको आरोप
मरिण गाउँपालिका-४ वाक्सिङटारकी २७ वर्षीया सीता तामाङको उपचारको क्रममा सिन्धुली अस्पतालका डाक्टरको लापर्बाहीले ०७९ माघ १८ गते मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले माघ १८ गते अस्पताल परिसरमा विरोध प्रदर्शन…