कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक १२ गते)
कात्तिक १२ गते १ हजार ९ सय ५४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ८ हजार २ सय ४८ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार कात्तिक १२ गतेसम्म ८ सय ८७ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमितमध्ये १ लाख २१ हजार ८ सय २४ जना निको भएका छन् । कात्तिक १२ गते २ हजार ९ सय ८१ जना निको भएका छन् भने निको हुनेको दर ७५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ३९ हजार ६ सय ४३ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार ३१ हजार ९ सय ३४ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । २ सय ९० जनाको उपचार आइसीयूमा र ७२ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार सप्तकोशी नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित ३१ जनामा कोभिड–१९ सङ्क्रमण देखिएपछि नगरपालिकाको कार्यालय तथा मातहतका वडा कार्यालयहरूबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकका सेवा कात्तिक १८ गतेसम्मका लागि बन्द गरिएको छ । नगर प्रमुख उत्तमकुमार शर्माद्वारा कात्तिक १२ गते जारी सूचनामा कात्तिक १८ गते सम्मका लागि सेवा बन्द गरिएको तथा वडा नम्बर १० र ११ लाई पूर्ण रूपमा लकडाउन तथा सील गरिएको जनाइएको छ ।
गण्डकी प्रदेश
तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार म्यादे गाउँपालिकाको कार्यालयका केही कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण भएपछि गाउँपालिका कात्तिक १२ गतेदेखि कात्तिक १५ गतेसम्म बन्द गरिएको छ । कात्तिक १२ गतेबाट दशैबिदा सकिएपनि गाउँपालिकाका केही कर्मचारीमा कोभिडको सङ्क्रमण भएपछि असोज १५ गतेसम्म बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारयणप्रसाद अधिकारीले बताउनु भयो । सङ्क्रमित कर्मचारीको सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब परीक्षण गर्न गाउँपालिका र सात ओटै वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो । गाउँपालिका र वडा कार्यालयहरूको सेवा आगामी कातिक १६ गतेबाट सञ्चालन गरिने अधिकारीले जानकारी दिनुभयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…
बालिका हत्याको कसुरदारलाई जन्मकैदको फैसला
बर्दिवास नगरपालिका १४ सुगमवस्तीका सादिम आलमको ६ वर्षीया छोरी गुलबसा खातुनलाई ०७७ साल मङ्सिर ७ गते हत्या गरेको कसुरमा जिल्ला अदालत महोत्तरीले सोही ठाउँका २६ वर्षीय अरुण कुमार सहलाई माघ…
नाबालक छोरी हत्याको आरोपमा आमालाई जन्मकैदको फैसला
तीन वर्षीया नाबालक छोरीलाई बिष खुवाई हत्या गरेको कसूरमा दैलेख जिल्ला अदालतले माघ २४ गते आमालाई जन्मकैद फैसला गरेको छ । दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–१२ रतनपुर विवाह भएकी २२ वर्षीया…