कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १६ गते)
जेठ १६ गते ३ हजार ७ सय २ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ५७ हजार १ सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ १६ गते परीक्षण गरिएकामध्ये ३४ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ १६ गते १९ वर्ष मुनीका ४ सय ३६ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार ९ सय ८६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ४ लाख ४० हजार ९ सय ५५ जना निको भएका छन् । जेठ १६ गते ६ हजार २ सय ५ जना निको भएका छन् भने निको हुनेको दर ७९.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ १६ गतेसम्म ७ हजार २ सय ७२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ १६ गते १ सय ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ लाख ८ हजार ८ सय ९७ देखाइएको छ ।
मोरङ, सुनसरी, झापा, धनकुटा, ओखलढुङ्गा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, कास्की, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम, रोल्पा, सुर्खेत, सल्यान, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ १६ गते बिहानसम्म ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।
प्रदेश १
ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार फुङलिङ नगरपालिकामा जेठ २४ गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरिएको छ । प्रमूख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार कोभिड सङ्क्रमणको अवस्थालाई मध्यनजर गरेर निषेध आदेश अवधि जेठ १७ गतेदेखि २४ गतेसम्म थपिएको हो । फुङलिङ नगरपालिकामा वैशाख २० गतेदेखि निषेध आदेश लागू छ ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको जेठ १६ गते बसेको बैठकले जेठ २५ गतेसम्मका लागि निषेध आदेश थप गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले बताउनु भयो । निषेध आदेश उल्लङ्घन गरिएको खण्डमा ऐन, नियम र कानुन अनुसार कारबाही गरिने समेत जिल्ला प्रशासन कार्यालय, भोजपुरले जनाएको छ ।
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङले निषेध आदेश जेठ २४ गतेसम्म थप गरेको छ । पछिल्लो पटक थप गरिएको निषेध आदेशको समय जेठ १७ गतेसम्म थियो । डिसीसीएमसीको जेठ १६ गते बसेको बैठकले सात दिन निषेध आदेश थप गरिएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बताउनुभयो । स्थानीय प्रशासन ऐन–२०२८ को दफा ६ को उपदफा ३, सङ्क्रामक रोग ऐन–२०२० को दफा २ र कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश–२०७८ बमोजिम प्रशासनले निषेध आदेश थप गरेको प्रजिअ निरौलाले बताउनुभयो । मोरङ प्रशासनले वैशाख १८ गते राति १२ बजेदेखि लागु गरेको थियो ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार इटहरी उपमहानगरपालिका कार्यालय र मातहतका वडा कार्यालयहरूबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । कोभिड नियन्त्रणका लागि जेठ १६ गतेदेखि जेठ २२ गतेसम्म सेवा बन्द गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले जानकारी दिनुयभो । उहाँले एक सूचना जारी गरी सबै वडाको कार्यालय बन्द रहने जानकारी दिनुभयो ।
बागमती प्रदेश
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार कोभिड नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालयले जिल्लाभर लगाउँदै आएको निषेध अवधि एक साताको लागि थप गरेको छ । जेठ १६ गते प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दलालको अध्यक्षतामा जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जेठ २५ गते राति १२ बजेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको हो । यसअघि जारी निषेध आदेश जेठ १८ गतेसम्म रहेको छ । वैशाख २१ गतेबाट जिल्लामा कोभिड नियन्त्रणको लागि भन्दै निषेध आदेश जारी गरिएको छ ।
गण्डकी प्रदेश
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार म्याग्दीमा निषेध आदेश एक साताको लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा जेठ १६ गते बसेको बैठकले जेठ २४ गतेसम्मका लागि निषेध आदेश थप गर्ने निर्णय गरेको हो । जिल्लामा निषेध आदेश वैशाख २१ गतेबाट जारी छ ।
सुदूरपश्चिम प्रदेश
बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार त्रिवेणी नगरपालिकाले नौ शैयाको कोभिड–१९ अस्थायी अस्पताल जेठ १६ गतेदेखि सञ्चालनमा ल्याएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि शाहले बताउनु भयो । कोभिड माहामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले प्रत्येक स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणको लागि विशेष अनुदान उपलब्ध गराएपछि त्रिवेणी नगरपालिकाले पनि अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको शाहले बताउनु भयो । अस्पतलामा एक जना डाक्टर, दुई जना स्टाफ नर्स र ल्याब सहितको व्यवस्था गरेर सञ्चालनमा ल्याइएको नगरपालिका प्रमुख रामसिंह रावलले बताउनु भयो ।
दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार महाकाली नगर कार्यपालिकाको जेठ १५ गते बसेको बैठकले कोभिड माहामारीको समयमा जिल्ला अस्पताल, दार्चुलामा अक्सिजनको अभाव हुन नदिनका लागि ५ लाख रुपियाँ अनुदान दिने निर्णय गरेको महाकाली नगरपालिकाका प्रवक्ता पुस्करराज जोशीले बताउनु भायो । यसैगरी, नगरकार्यपालिकाको बैठकले नगरबासीलाई तत्काल खोप लगाउन नेपाल सरकारलाई अनुरोध गर्ने तथा सरकारले उपलब्ध गराउन नसके नगरपालिकालाई खरिदको लागि अनुमति दिन माग गरिएको समेत प्रवक्ता जोशीले जानकारी दिनु भयो । महाकाली नगरपालिकाको कूल जनसङ्ख्या २४ हजार ४ सय ८४ रहेको छ । जसमा १८ वर्षमुनिका ७ हजार ३ सय १३, १८ वर्षदेखि ५५ वर्षसम्मका १३ हजार ९ सय ७९ र ५५ वर्षमाथिको जनसङ्ख्या ३ हजार १ सय ९२ रहेको छ । जसमध्ये २ हजार २० जनाले खोप लगाइसकेका छन् । खोप लगाउन बाँकी १५ हजार १ सय ५१ जनाको लागि खोपको व्यवस्था पर्न माग गरेको र नेपाल सरकारले उपलब्ध गराउन नसक्ने भए आफूहरूले अनुमति पाएको खण्डमा विकास खर्च काटेर पनि नगरबासीको ज्यान जोगाउन खोपको व्यवस्था गरिने नगर प्रवक्ता जोशीको भनाइ छ ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ १६ गतेसम्म १ हजार २ सय १२ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ १६ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने…
कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका…
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले गत वैशाखदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।…
बालविवाह रोक्न बालिका बिमा
गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरूको बालिका बिमा गर्ने निर्णय गरेको छ । 'छोरी बचाउ छोरी पढाउ' अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन गरी छोरीको शैक्षिक विकास, छोरा र छोरी…
कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १ हजार ७ सय २७ जनामा…