कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २४ गते)
वैशाख २४ गते ९ हजार २३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । वैशाख २४ गते परीक्षण गरिएकामध्ये ४५ प्रतिशतमा कोभिड पुष्टी भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १४.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । वैशाख २४ गते १९ वर्ष मुनीका ८ सय ४ जनामा कोभिड सङ्क्रमणको पुष्टी भएको छ । गत २४ घण्टामा १९ हजार ९ सय ८७ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ९५ हजार ३ सय ९५ जना निको भएका छन् । वैशाख २४ गते २ हजार ९ सय ५ जना निको भएका छन् भने निको हुनेको दर ७८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख २४ गतेसम्म ३ हजार ५ सय ७९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । वैशाख २४ गते ५० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ७८ हजार ६ सय २९ देखाइएको छ । मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार वैशाख २४ गते साँझसम्म ६२ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार कोभिड महामारीको पहिलो चरणको बेला करोडौँ रुपियाँ खर्च गरेर जडान गरिएको महोत्तरीको जलेश्वर अस्पतालको उपकरण प्रयोगविहीन बनेको छ । जलेश्वर अस्पतालले भेण्टिलेटर सहितको पाँच बेडको आइसियू सञ्चालनमा ल्याएको छ । प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पाँच बेडको भेण्टिलेटर सेवा सुरु भएको हो । भेन्टिलेटर राखिए पनि दक्ष जनशक्ति अभावले सबै उपकरण प्रयोगविहीन अवस्थामा बनेको हो । प्रदेश सरकारले गत वर्ष कोभिड महामारीको पहिलो लहरकै बेला जलेश्वरस्थित जिल्ला अस्पताललाई कोभिड विशेष अस्पताल रूपमा विकास गर्न ८ करोड रुपियाँ लगानी गरी उपकरण तथा भौतिक पूर्वाधार तयार गरे पनि जनशक्ति अभावमा ती उपकरण प्रयोगविहीन भएपछि सङ्क्रमितहरू उपचारका लागि भौतारिन बाध्य छन् ।
कोभिड नियन्त्रण र उपचारमा सहजताका निम्ति ५० शैयाको कोभिड विशेष अस्पताल सञ्चालन गर्न २ करोड ५५ लाख ५२ हजार रुपियाँको लागतमा पाँच थान भेण्टिलेटर, शैया, मनिटर, इको लगायतका आइसियू सेटका उपकरण जडान गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शतिश साहले भन्नुभयो–‘गत वर्ष पनि कोभिड महामारीका बेलामा भेण्टिलेटर र आइसियू सञ्चालन गर्न दक्ष जनशक्ति नपाएर उपकरण प्रयोगमा ल्याउन सकिएन । वर्षभर नै ती उपकरणहरू प्रयोगविहीन बनेर थन्किए र यस वर्षको अवस्था पनि त्यस्तै छ ।’
बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार कोभिडको बढ्दो सङ्क्रमणले गर्दा बिरामीको चाप बढेपछि बाँके जिल्लामा अक्सिजन अभाव भएको कोभिड फोकल पर्सन तेज वलीले बताउनुभयो । उहाँले अक्सिजन अभावको समस्या समाधान गर्न स्थानीय प्रशासन र स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको बताउनुभयो । अक्सिजन अभाव भएपछि नेपालगन्ज मेडिकल कलेज नेपालगन्जले कोभिडका थप बिरामी भर्ना नलिने विज्ञप्तिमार्फत जानकारी दिएको छ । नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका प्रबन्ध सञ्चालक डाक्टर सुरेशकुमार कनोडियाले वैशाख २२ गते प्रेस विज्ञप्ति जारी गर्दै हाल उपचार भइरहेको बाहेक थप बिरामी भर्ना गर्न असमर्थ रहेको कुरा उल्लेख गरिएको छ ।
‘अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क, पिएसए अक्सिजन प्लान्ट, अक्सिजन सिलिण्डरबाट कोभिड बिरामीको उपचार भइरहेको थियो । तर, सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट आउन नसकेकोले यस शिक्षण अस्पतालले हाल उपचार गराइरहेका बाहेक थप कोभिड बिरामी भर्ना गर्न असमर्थ रहेको कुरा दुःखका साथ सार्वजनिक रूपमा सबैलाई जानकारी गराउन चाहान्छौँ ।’–जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । अस्पतालले अक्सिजन अभावका विषयमा यसअघि वैशाख १९ र २१ गते अक्सिजन आपूर्तिका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा लिखित अनुरोध गरी अक्सिजन अभावका कारण अस्पतालमा ठूलो सङ्कट आउन सक्ने भन्दै जानकारी समेत गराएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार वीरेन्द्रनगर नगरपालिकाले वैशाख २४ गतेदेखि २५ शैयाको कोभिड–१९ आइसोलेशन अस्पताल सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा बढ्दो सङ्क्रमण देखिएपछि वडा नम्बर ७ स्थित कटकुवा स्वास्थ्य चौकीको नयाँ भवनलाई अक्सिजन र एम्बुलेन्स सेवासहित कोभिड अस्पताल सञ्चालनमा ल्याएको नगर प्रमुख देवकुमार सुवेदीले बताउनुभयो । कर्णाली प्रदेश अस्पतासँग समन्वय गरी हाललाई दुई जना चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीको व्यवस्थापन गरिएको र अस्पताललाई ५० शैयाको बनाउने कार्य पनि भइरहेको उहाँले जानकारी दिनुभयो ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ वैशाख २४ गते सम्म ९९ जनामा कोभिड-१९ पुष्टि भएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ वैशाख २४ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ । जाजरकोट जिल्लाको…
अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट
छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ…