कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १७ गते)

वैशाख १७ गते ५ हजार ६ सय ५७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । वैशाख १७ गते परीक्षण गरिएकामध्ये ३७ प्रतिशतमा कोभिड पुष्टी भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । वैशाख १७ गते मात्रै १९ वर्ष मुनीका ४ सय ९८ जनामा कोभिड सङ्क्रमणको पुष्टी भएको छ । गत २४ घण्टामा १५ हजार ३ सय ९१ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ८१ हजार ९५ जना निको भएका छन् । वैशाख १७ गते ९ सय २८ जना निको भएका छन् भने निको हुनेको दर ८६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख १७ गतेसम्म ३ हजार २ सय ७९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । वैशाख १७ गते मात्रै ३३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ३८ हजार ८ सय १३ देखाइएको छ । मोरङ, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार सरकारले कोभिड माहामारीको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको भन्दै अस्पतालमा शैया उपलब्ध गराउन नसकिने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख १७ गते सार्वजनिक अपिल जारी गर्दै कोभिड माहामारीका विषयमा गम्भीर बन्न आग्रह समेत गरेको छ । सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जारी गरेको अपिलमा जनस्वास्थ्यका सम्पुर्ण मापदण्ड पालना गर्न आग्रह गरिएको छ । मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, कपिलवस्तु लगायतका २२ जिल्लामा सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले सचेत रहन आग्रह गरेको हो ।

एक वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ वैशाख १७ गते सम्म ५७ जनामा कोभिड-१९ पुष्टि भएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ वैशाख १७ गते)


अनलाइन डेस्क