कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक ७ गते)

कात्तिक ७ गते ४ हजार ४ सय ९९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ५३ हजार ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितमध्ये ३२ प्रतिशत महिला र ६८ प्रतिशत पुरुष रहेका छन् । गत २४ घण्टामा १६ हजार ८ सय ६३ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार कात्तिक ७ गतेसम्म ८ सय २९ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । कात्तिक ७ गते मात्रै १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितमध्ये १ लाख ५ हजार ४ सय ८८ जना निको भएका छन् । कात्तिक ७ गते २ हजार ६ सय ६८ जना निको भएका छन् भने निको हुनेको दर ६८.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

४६ हजार ६ सय ९१ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार ३१ हजार ७ सय २७ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । २ सय ९० जनाको उपचार आइसीयूमा र ६९ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।


अनलाइन डेस्क