कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १५ गते)

  ०७८ वैशाख १५ गते

वैशाख १५ गते ४ हजार ७ सय ७४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । वैशाख १५ गते परीक्षण गरिएकामध्ये ३४ प्रतिशतमा कोभिड पुष्टी भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १२.८ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । वैशाख १५ गते मात्रै १९ वर्ष मुनीका ४ सय १६ जनामा कोभिड सङ्क्रमणको पुष्टी भएको छ । गत २४ घण्टामा १३ हजार ८ सय ७९ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७९ हजार २ सय ७९ जना निको भएका छन् । वैशाख १५ गते ७ सय ७३ जना निको भएका छन् भने निको हुनेको दर ८९.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख १५ गतेसम्म ३ हजार २ सय ११ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । वैशाख १५ गते मात्रै १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ३० हजार २ सय ९ देखाइएको छ । मोरङ, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, दाङ, बाँके र रुपन्देही, सुर्खेत र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

एक वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ वैशाख १५ गते सम्म ५२ जनामा कोभिड-१९ पुष्टि भएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ वैशाख गते)

अनलाइन डेस्क