कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ११ गते)

वैशाख ११ गते २ हजार ४ सय ८६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ९७ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

परीक्षण गरिएकामध्ये १२.४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । वैशाख ११ गते मात्रै १९ वर्ष मुनीका २ सय ४० जनामा कोभिड सङ्क्रमणको पुष्टी भएको छ ।

गत २४ घण्टामा ७ हजार ५ सय २५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७७ हजार १ सय २३ जना निको भएका छन् ।

वैशाख ११ गते ३ सय ६८ जना निको भएका छन् भने निको हुनेको दर ९३.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख ११ गतेसम्म ३ हजार १ सय ३६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १६ हजार ८ सय २८ देखाइएको छ । पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, दाङ, बाँके र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

मन्त्रालयका अनुसार १५ हजार ५ सय १२ जना होम आइसोलेशनमा छन् भने १ हजार ३ सय १६ जना संस्थागत आइसोलेशनमा छन् । त्यसैगरी २ सय १३ जना अइसीयूमा र ६९ जना भेण्टिलेटरमा उपचाररत छन् ।

एक वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ वैशाख ११ गते सम्म ४८ जनामा कोभिड-१९ पुष्टि भएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ वैशाख ११ गते)

अनलाइन डेस्क