कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ७ गते)

वैशाख ७ गते १ हजार ६ सय ६७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । परीक्षण गरिएकामध्ये १२.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ८ हजार ५५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७५ हजार ८ सय ६ जना निको भएका छन् ।

वैशाख ७ गते २ सय ५१ जना निको भएका छन् भने निको हुनेको दर ९५.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख ७ गतेसम्म ३ हजार १ सय २ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ८ हजार ६ सय ५९ देखाइएको छ । काठमाडौँ, ललितपुर र बाँकेमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

एक वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ वैशाख ७ गते  सम्म ३१ जनामा कोभिड-१९ पुष्टि भएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ वैशाख ७ गते)


अनलाइन डेस्क