कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ३१ गते)
चैत ३१ गते ४ सय ६० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ५ हजार २ सय ३ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७४ हजार ३ सय १८ जना निको भएका छन् ।
चैत ३१ गते १ सय ५३ जना निको भएका छन् भने निको हुनेको दर ९७.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत ३१ गतेसम्म ३ हजार ५८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जारी गरेको अवस्था प्रतिवेदन अनुसार ६० वर्ष माथिका १ हजार ९ सय १८ जनाको मृत्यु कोभिड सङ्क्रमणकै कारण भएको छ । त्यसैगरी ५० वर्षदेखि ५९ वर्षसम्मका ५ सय १३ जना, ४० वर्षदेखि ४९ वर्षसम्मका ३ सय १४ जना, ३० वर्षदेखि ३९ वर्षसम्मका १ सय ८२ जना, २० वर्षदेखि २९ वर्षसम्मका ८५ जना, १० वर्षदेखि १९ वर्षसम्मका २२ जना र ९ वर्षसम्मका २४ जनाको मृत्यु कोभिड १९ को सङ्क्रमणकै कारण भएको पनि मन्त्रालयले जनाएको छ ।
आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ३ हजार ६ सय ८ देखाइएको छ । चैत ३१ गतेसम्म ६४.७७ प्रतिशत पुरुष र ३५.२३ महिला सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी चैत ३१ गतेसम्म १८ लाख ५० हजार ५ सय ७० जनाले कोभिड १९ विरूद्धको खोप लगाइसकेका छन् ।
पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार कोभिड–१९ सङ्क्रमित बीरगंज महानगरपालिका–३ का ६२ वर्षीय पुरुषको उपचारका क्रममा नारायणी अस्पतालमा चैत ३१ गते मृत्यु भएको छ ।
चैत २९ गते स्वास्थ्यमा समस्या आएपछि नारायणी अस्पतालमा भर्ना भएका उनको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनु भयो ।
अस्पताल भर्ना पश्चात कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि चैत ३० गते पिसिआर विधिबाट उनको थ्रोट स्वाबलाई पीरक्षण गर्दा कोभिड पुष्टि भएको डा. दासले बताउनु भयो । योसँगै पर्सामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्या ५६ पुगेको छ ।
नारायणी अस्पतालमा अहिलेपनि सात जना कोभिड सङ्क्रमितको आइसीयूमा राखेर उपचार भइरहेको डा. दासले जानकारी दिनु भयो ।
२२ वर्षदेखि ७२ वर्ष उमेर समूह समूहका उनीहरुलाई अहिले अक्सिजन सपोर्टमा राखिएको उहाँले बताउनु भयो । कोरोनाको पूर्व तयारी अनुरुप अहिले अस्पतालले १७ बेडको एचडीयू युनिट तयार परेको छ ।
डा. दासले एचडीयू युनिटमा भेन्टिलेटर नचाहिने बिरामीलाई राखिने बताउनु भयो । त्यसैगरी अस्पतालमा ६ बेडको कोभिड आइसीयूको पनि व्यवस्था गरिएको छ । कोभिड आइसीयूमा भेन्टिलेटर नचाहिने सङ्क्रमितलाई राखेर उपचार गरिने उहाँले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बालविवाहविरुद्ध उजुरी दर्ता
१३ वर्षीया बालिकाको सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका २५ वर्षीय मिथलेश रायसँग बालविवाह भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ २५ गते उजुरी दर्ता भएको छ । छिन्नमस्ता गाउँपालिका–१ बरहीका ४२ वर्षीय…
बलात्कार घटनाकाे कसुरमा १२ वर्ष कैद र जरिवाना
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय दिपक सरदारलाई जेठ २६ गते १२ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो…
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर…
समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै…