कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत २८ गते)

चैत २८ गते ३ सय ३७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ३ हजार ५ सय ३२ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७३ हजार ८ सय ८६ जना निको भएका छन् ।

चैत २८ गते १ सय ५१ जना निको भएका छन् भने निको हुनेको दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत २८ गतेसम्म ३ हजार ३९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय देखाइएको छ ।


अनलाइन डेस्क