कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत २५ गते)

चैत २५ गते २ सय ९८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७८ हजार ७ सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ४ हजार १ सय ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७३ हजार ५ सय २९ जना निको भएका छन् ।

चैत २५ गते ७४ जना निको भएका छन् भने निको हुनेको दर ९८.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत २५ गतेसम्म ३ हजार ३८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या २ हजार २ सय १ देखाइएको छ ।


अनलाइन डेस्क