कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत २४ गते)
चैत २४ गते २ सय ६० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ४ हजार २ सय ४३ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७३ हजार ४ सय ५५ जना निको भएका छन् ।
चैत २४ गते १ सय १३ जना निको भएका छन् भने निको हुनेको दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत २४ गतेसम्म ३ हजार ३६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ हजार ९ सय ७९ देखाइएको छ ।
चीनबाट अनुदानमा ल्याइएको कोभिड-१९ विरुद्धको भेरोसेल खोप चैत २५ गतेदेखि लगाउने गरी तयारी गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
खोप लगाउन मन्त्रालयले तोकेका केन्द्र
क्रसं | जिल्ला | अस्पतालको नाम |
१ | काठमाडौँ | वीर अस्पताल |
२ | परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली | |
३ | शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु | |
४ | निजामती कर्मचारी अस्पताल मिनभवन | |
५ | राष्ट्रय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुर | |
६ | नेपाल मेडिकल कलेज अत्तरखेल | |
७ | काठमाडौँ मेडिकल कलेज सिनामङ्गल | |
८ | त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज | |
९ | सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारी | |
१० | वीरेन्द्र अस्पताल छाउनी | |
११ | नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बु | |
१२ | नेपाल प्रहरी अस्पताल पानीपोखरी | |
१३ | ओम अस्पताल चाबहिल | |
१४ | क्षेत्रपाटी नि:शुल्क चिकित्सालय क्षेत्रपाटी | |
१५ | भक्तपुर | भक्तपुर नेपाल कोरिया मैत्री अस्पताल ठिमी |
१६ | भक्तपुर अस्पताल | |
१७ | ललितपुर | पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन |
१८ | किष्ट मेडिकल कलेज ललितपुर | |
१९ | आनन्दवन अस्पताल ललितपुर | |
२० | काभ्रेपलाञ्चोक | धुलिखेल अस्पताल |
२१ | नुवाकोट | त्रिशुली अस्पताल |
२२ | सिन्धुपाल्चोक | बाह्रविसे अस्पताल |
२३ | रसुवा | रसुवा जिल्ला अस्पताल |
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…
परीक्षाको मुखमा विज्ञान शिक्षक नहुँदा विद्यार्थी पढाइबाट वञ्चित
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षकहरू पाउँनै मुस्किल हुन थालेको छ । सदरमुकाम तम्घास र छिमेकमा समेत मुख्य बिषयमा शिक्षकको सङ्कट रहेको छ । जसको कारण परीक्षाको…