कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत २२ गते)
चैत २२ गते १ सय ७६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७७ हजार ९ सय ४४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ३ हजार ४ सय ५६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७३ हजार २ सय ४० जना निको भएका छन् ।
चैत २२ गते १ सय १७ जना निको भएका छन् भने निको हुनेको दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत २२ गतेसम्म ३ हजार ३२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ हजार ६ सय ७२ देखाइएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
निर्माणाधिन भवन सञ्चालनमा नल्याउदा विद्यार्थीहरु खोला किनारमा पढ्न बाध्य
०७७ कात्तिक ४ गते आएको बाढीले बगाएको विद्यालय भवन पुनर्निर्माण भइसक्दा समेत सञ्चालनमा नल्याउँदा पञ्चेश्वर गाउँपालिका–१ को गडदेव आधारभूत विद्यालयका विद्यार्थीहरु खोलाको किनारमा खुला आकाशमूनि पढ्न बाध्य भएका छन् ।…
कारागारबाट फरार बन्दी गिरफ्तार
मानव बेचबिखनको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको बेलामा कारागारबाट भागेकी जुगल गाउँपालिका-५ स्थित बराम्ची स्थायी घर भएकी २५ वर्षीया कविता घिमिरेलाई प्रहरीले ०७९ माघ २४ गते काठमाडौँको जडिबुडिबाट गिरफ्तार गरेको छ ।…
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…