कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १७ गते)

चैत १७ गते १ सय ६७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ३ हजार १ सय ४० ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७२ हजार ७ सय २७ जना निको भएका छन् ।

चैत १७ गते १ सय १५ जना निको भएका छन् भने निको हुनेको दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत १७ गतेसम्म ३ हजार ३० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय ९० देखाइएको छ ।


अनलाइन डेस्क