कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १३ गते)
चैत १३ गते १ सय ५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७६ हजार ६ सय ६५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ४ हजार ४ सय १६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७२ हजार ३ सय ४२ जना निको भएका छन् ।
चैत १३ गते ७० जना निको भएका छन् भने निको हुनेको दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत १३ गतेसम्म ३ हजार २४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ हजार २ सय ९९ देखाइएको छ ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार कोभिड १९ को सङ्क्रमण बढेको भन्दै कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ मा लकडाउन गरिएको छ ।
वडाध्यक्ष शङ्कर नेपालीले चैत १२ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि अत्यावश्क सेवा बाहेका सम्पूर्ण गतिविधि बन्द गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।
अत्यावश्यक बाहेकका सङ्घसंस्था, पसल, विद्यालय, सरकारी कार्यालय बन्द गर्ने, सभा सम्मेलनमा रोक र सार्वजनिक यातायात बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।
वडा नं ४ स्थित लाहाचोकमा सङ्क्रमितको सङ्ख्या हालसम्मकै उच्च देखिएकाले सङ्क्रमण फैलिन नदिन र यसको नियन्त्रण गर्न वडाले जारी गरेको निर्देशन पालना गर्न स्थानीयलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…
परीक्षाको मुखमा विज्ञान शिक्षक नहुँदा विद्यार्थी पढाइबाट वञ्चित
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षकहरू पाउँनै मुस्किल हुन थालेको छ । सदरमुकाम तम्घास र छिमेकमा समेत मुख्य बिषयमा शिक्षकको सङ्कट रहेको छ । जसको कारण परीक्षाको…