कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २२ गते)

फागुन २२ गते ४७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ६ सय ५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ५ सय ३५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७० हजार ८ सय २८ जना निको भएका छन् । फागुन २२ गते ६२ जना निको भएका छन् भने निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन २२ गतेसम्म ३ हजार १० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । फागुन २२ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको पनि मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ८ सय १७ देखाइएको छ ।


अनलाइन डेस्क