कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २० गते)
फागुन २० गते १ सय ७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५ हजार ५ सय ३६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७० हजार ६ सय ८३ जना निको भएका छन् । फागुन २० गते ७८ जना निको भएका छन् भने निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन २० गतेसम्म ३ हजार १० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । फागुन २० गते कोभिड सङ्क्रमितको मृत्यु नभएको पनि मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ७ सय ९५ देखाइएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद: २० जना प्रहरीसहित २४ जना घाइते
फुङलिङ नगरपालिका-११ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केवलकार समूह’ माथि प्रहरीले माघ १२ गते गोली चलाएको छ । केवलकार निर्माणको विरोध गर्दै आएको समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले…
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…