कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १४ गते)

फागुन १४ गते १ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ९ सय ४४ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७० हजार २ सय ७७ जना निको भएका छन् । फागुन १४ गते ५४ जना निको भएका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन १४ गतेसम्म २ हजार ७ सय ७१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनायो । फागुन १२ गते  मन्त्रालयले जारी गरेको अवस्था प्रतिवेदनमा २४ घण्टामा प्राप्त भएको मृत्यु सङ्ख्या भनी ६ सय १९ देखाएको थियो भने फागुन १३ गते ८३ जनाको मृत्यु भएको उल्लेख गरिएको थियो । फागुन १४ गते चार जना थप गरी स्थिति प्रतिवेदन सार्वजनिक गरिएको छ । मन्त्रालयले कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका निकायहरूको तथ्याङ्कको आधारमा गत एक वर्षमा कोभिड १९ बाट मृत्यु भएकाको सङ्ख्या भनी थप सङ्ख्याको पुष्टि गरेको हो । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ९ सय ३६ देखाइएको छ ।


अनलाइन डेस्क