कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १२ गते)

फागुन १२ गते ९४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ६ सय ९२ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७० हजार १ सय ३९ जना निको भएका छन् । फागुन १२ गते ७१ जना निको भएका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन १२ गतेसम्म २ हजार ६६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनायो । फागुन १२ गते १ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर, मन्त्रालयले जारी गरेको अवस्था प्रतिवेदनमा २४ घण्टामा प्राप्त भएको मृत्यु सङ्ख्या भनी ६ सय १९ देखाएको छ । मन्त्रालयले कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका निकायहरूको तथ्याङ्कको आधारमा गत एक वर्षमा कोभिड १९ बाट मृत्यु भएकाको सङ्ख्या भनी थप सङ्ख्याको पुष्टि गरेको हो । योसहित फागुन १२ गतेसम्म मृत्यु हुने कोभिड सङ्क्रमितको सङ्ख्या २ हजार ६ सय ८४ पुगेको जनाइएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ९ सय ३७ देखाइएको छ ।

mohp_data_20210224ktm

 


अनलाइन डेस्क