कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १० गते)

फागुन १० गते १ सय २५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ५ सय ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ६ सय ८१ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६९ हजार ९ सय ६६ जना निको भएका छन् । फागुन १० गते ९० जना निको भएका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन १० गतेसम्म २ हजार ६१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनायो । फागुन १० गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । १ हजार ५ सय २९ जना सक्रिय सङ्क्रमित रहेकामा ५ सय ३४ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये ४३ जनाको उपचार आइसीयूमा र ११ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार पाँचथर, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, रुकुम पश्चिम, मुगु र अछाममा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

 


अनलाइन डेस्क