कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन ९ गते)

फागुन ९ गते ८० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ४ सय ३१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ३ सय २५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६९ हजार ८ सय ७६ जना निको भएका छन् । फागुन ९ गते १ सय २१ जना निको भएका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन ९ गतेसम्म २ हजार ६१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनायो । फागुन ९ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । १ हजार ४ सय ९४ जना सक्रिय सङ्क्रमित रहेकामा ४ सय ९८ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये ५२ जनाको उपचार आइसीयूमा र १० जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार पाँचथर, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, रुकुम पश्चिम, मुगु र अछाममा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

 


अनलाइन डेस्क