कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन ६ गते)

फागुन ६ गते ९६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ५ सय ४१ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६९ हजार ५ सय ५ जना निको भएका छन् । फागुन ६ गते १ सय ११ जना निको भएका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन ६ गतेसम्म २ हजार ५८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनायो । १ हजार ६ सय ३ जना सक्रिय सङ्क्रमित रहेकामा ५ सय ५१ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये ६१ जनाको उपचार आइसीयूमा र १३ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार भोजपुर, सोलुखुम्बु, मुस्ताङ, रुकुम पश्चिम, मुगु र अछाममा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।


अनलाइन डेस्क