कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २२ गते)
माघ २२ गते १ सय ७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७१ हजार ६ सय २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ८ सय ७८ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६७ हजार २ सय ९२ जना निको भएका छन् । माघ २२ गते २ सय २७ जना निको भएका छन् भने निको हुनेको दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ २२ गतेसम्म २ हजार ३३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनायो । २ हजार २ सय ७७ जना सक्रिय सङ्क्रमित रहेकामा १ हजार ५ सय ७ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये ६१ जनाको उपचार आइसीयूमा र १४ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार भोजपुर, रुकुम पश्चिम, कालिकोट र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
गण्डकी प्रदेश
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार उत्तरी गोरखामा कोभिडविरूद्धको खोप हेलिकप्टरमार्फत ढुवानी गरिएको छ । माघ २२ गते गोरखा सदरमुकामबाट (दश भायल) १ सय डोज खोप चुमनुव्री गाउँपालिका अन्तर्गतका तीन वडामा ढुवानी गरिएको हो । सदरमुकामको केन्द्रसम्म आउन नसक्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वंयसेविकालाई लगाउन खोप पठाइएको स्वास्थ्य कार्यालय गोरखाका खोप कोल्डेचन निरीक्षक ऋषिराम खत्रीले बताउनुभयो । माघ १४ गतेबाट १८ गते सम्मको खोप अभियान अन्तर्गत सदरमुकामको केन्द्रमा आएर खोप लगाउन नपाएकाहरुलाई हेलिकप्टरबाट खोप ढुवानी गरी लगाउन लागिएको हो । चुमनुव्री गाउपालिका अन्तर्गतको सामागाउँ, ल्हो, प्रोक र विही गाउँको लिही, छेकम्पार र चुम्चेतको चुम्लिङ र सिर्दिवासको फिलिमिमा तीन ओटा केन्द्रमा खोप पुर्याइएको हो । लिहीमा ३०, चुम्लिङमा २० र फिलिममा १८ जना स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वंयसेविकालाई खोप लगाउने खत्रीले बताउनुभयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…