कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १२ गते)
माघ १२ गते ३ सय ३९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार ८ सय ५८ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६४ हजार ५ सय ३८ जना निको भएका छन् । माघ १२ गते ४ सय १ जना निको भएका छन् भने निको हुनेको दर ९८.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ १२ गतेसम्म २ हजार ११ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ३ हजार २ सय ४० जना सक्रिय सङ्क्रमित रहेकामा २ हजार ५ सय ४ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय ३७ जनाको उपचार आइसीयूमा र १९ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार रुकुम पश्चिम, कालिकोट र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार अनुसार प्रदेश १, मा कोभिड–१९ विरूद्धको ९ हजार ६ सय भाइल खोप माघ १२ गते प्रदेश राजधानी विराटनगर आइपुगेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीले बताउनु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले पहिलो चरणमा पठाएको ९ हजार ६ सय भाइल खोप प्रदेश १ का १४ र प्रदेश २ का सिरहा र सप्तरी जिल्लाका लागि आएको हो । प्रदेश १ का १४ जिल्लाका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविका गरी ३४ हजार ८ सय ५१ जना र १४ ओटै जिल्लाका ७ सय २५ सरसफाई कर्मचारी गरी ३५ हजार ५ सय ७६ जनालाई कोभिड–१९ विरूद्धको खोप लगाउने सरकारी तयारी छ । प्रदेश १ का सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुमा ताप्लेजुङका १४ हजार ३, धनकुटाका ८ सय ३१, उदयपुरका १ हजार २ सय ३७, भोजपुरका १ हजार १ सय ७६, मोरङका १२ हजार ५६, इलामका १ हजार ६ सय ९०, ओखलढुङ्गाका १ हजार ३ सय ६६, खोटाङका १ हजार ६ सय, झापाका ४ हजार ९ सय ७७, तेह्रथुमका ७ सय २३, सङ्खुवासभाका ९ सय ४९, सोलखुम्बुका ६ सय ८६, सुनसरीका ५ हजार २ सय ३३ र पाँचथरमा ९ सय २४ जनालाई खोप लगाउने प्रदेश सरकारले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…